तल्लो तहमा गठबन्धनको किचलो, एमालेलाई सहज

तल्लो तहमा गठबन्धनको किचलो, एमालेलाई सहज

भोजपुर : सत्ता साझेदार गठबन्धनको असर तल्लो तहमा देखिएको छ। आसन्न स्थानीय तहको चुनावका लागि भागबण्डा नमिल्दा गठबन्धनभित्रै किचलो बढेको हो। 

गठबन्धनबाट टिकट नपाएपछि षडानन्द नगरपालिकाका वडास्तरमा खटपटी सुरु भएको हो। गठबन्धनको निर्णय विपरित वडा नं ९ र १३ मा एमाले र माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवारी दर्ता गराएका छन्। 

माओवादी केन्द्रका नगर कमिटीका सदस्य रहेका शेखर तामाङले वडा नं. ९ बाट र ओमकुमार श्रेष्ठले वडा नं १३ बाट सूर्य चिन्हमा चुनाव लड्ने भएका छन्। वडा नं १४ मा भने नेपाली कांग्रेसका दिनेश राईले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

त्यस्तै पार्टीले टिकट नदिएपछि कांग्रेसका जितबहादुर दाहाल पनि एकीकृत समाजवादीमा प्रवेश गरी वडा नं १२ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। अन्य वडाहरुमा पनि गठबन्धनका कार्यकता असन्तुष्ट रहेको नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार विरबल राईले बताए। तल्लोस्तरमा देखिएको नेता तथा कार्यकर्ताको खटपटीले यहाँ गठबन्धन दरिलो नबन्ने देखिएको छ।

गठबन्धनभित्रै बढेको किचलोले प्रतिपक्षी दल नेकपा एमालेका उमेदवारलाई लाभ पुग्ने देखिएको छ। गठबन्धनले टिकट वितरणमा वेवास्ता गरेको भन्दै कसैले पार्टी नै छाडेका छन् भने केहिले स्वतन्त्र रुपमा उम्मेदवारी समेत दर्ता गराएका छन्।
षडानन्द नगरपालिकामा गठबन्धनले चुनावी तालमेल गरेको छ। यहाँ काङग्रेसबाट विरवल राई मेयरका उम्मेदवार बनेका छन् भने उपमेयरमा माओवादी केन्द्रबाट प्रमिला राईको उम्मदेवारी परेको छ। मुख्यपदमा तालमेल भए पनि तल्लो तहमा भने पूर्णरुपमा तालमेल गर्न समस्या देखिएको गठबन्धनका नेताहरुले बताएका छन्।

आसन्न स्थानीय तहको चुनावका लागि भोजपुरमा सत्ता गठबन्धनका केहि दलहरुले भागबण्डामा असन्तुष्ट जनाउँदै गठबन्धनबाट बाहिरिएका छन्। गठबन्धनबाट जनता समाजवादी पार्टी यसअघि नै बाहिरिसकेको छ भने माओवादी केन्द्रले भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका बाहेक अन्य स्थानीय तहमा आफ्नै उम्मेदवार बनाएको छ।

एउटा पनि स्थानिय तहको नेतृत्व नपाएपछि जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएको जसपाका नेता प्रशन्न राईले बताए। यस्तै गठबन्धनको निर्णयको विरोधमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मोहन किराती मादेन राजिनामा घोषणा गरेका छन। अन्य नेता कार्यकर्ताहरुले पनि विरोध गरेका छन्।

एमालेसँग तालमेल गर्ने माओवादीका उम्मेदवार पार्टीबाट निष्कासित

आसन्न स्थानीय तहको चुनावका लागि प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गर्ने नेकपा माओवादी केन्द्रका तीनजना उम्मेदवारलाई पार्टीबाट निष्कासित गरेको छ। माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेको चुनाव चिन्हबाट उम्मेदवारी मनोनयन दर्ता गरेका षडानन्द नगरपालिका लगायत विभिन्न स्थानीय तहका तीन नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको हो।

पार्टीबाट निष्कासित हुनेमा भोजपुर नगरपालिका ११, आम्तेकका मोहनसेन राई, षडानन्द नगरपालिका ९, किमालुङका शेखर तामाङ र षडानन्द नगरपालिका १३ बोयाका ओम कुमार श्रेष्ठ छन्। प्रतिगमन विरोधी गठबन्धन दल तथा पार्टीको नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उलङ्घन गर्दै प्रतिपक्षी दलको चुनाव चिह्न लिइ मनोनयन दर्ता गरेकोले  पार्टीबाट निष्कासित गरेको नेकपा माओवादी केन्द्र भोजपुरका संयोजक नगेन्द्र भुजेलले बताए।

माओवादी केन्द्रले जिल्लाका अन्य स्थानीय तहमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएकाहरुलाई पनि तत्काल उम्मेदवारी फिर्ता लिई पार्टीको नियमित काममा फर्किन निर्देशन दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.