बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच सम्झौता

बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच सम्झौता

लुम्बिनी : लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच आपसी सहकार्य सम्झौता भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।

सहमतिपत्रमा विश्वविद्यालयका उपकुलपति प्रा.डा हृदयरत्न बज्राचार्य र प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्। दुई संस्थाबीच पाँच वर्षका लागि भएको सहमतिपत्रमा स्थलगत अनुसन्धान कार्यक्रम, संरक्षण र विकाससंग सम्बन्धित परम्परागत ज्ञान र प्रविधिको प्रवद्र्धन, सामुदायिक हितका लागि पर्यापर्यटनमा सहकार्य गर्ने उल्लेख रहेको छ।

बौद्ध विश्वविद्यालयले देवदहस्थित बनक्षेत्रमा स्थानीयलाई आयआर्जन हुने गरी पर्यावरणीय क्षेत्रमा कार्य गर्नका लागि सहकार्य भएको जनाएको छ। विश्वविद्यालयले बुद्ध मावली सामुदायिक वन क्षेत्रको करिब ९२ बिगाहा जमिन सरकारको निर्णयबाट प्राप्त गरेको छ। सो जंगल क्षेत्रमा तपोवन निर्माण गरी अध्ययन अनुसन्धान र आयमुलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

विश्वविद्यालयका उपकुलपति बज्राचार्यले बौद्ध संस्कृतिमा रहेर तपोवन निर्माण गर्ने योजना रहेको बताए। यो तपोवन विद्यार्थीका लागि अनुसन्धान र आयआर्जन गर्ने स्थानका रुपमा रहने र नमुना बन क्षेत्र बन्ने विश्वास उनले व्यक्त गरे।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले ६ वर्ष लामो मेहनेतले देवदहमा विश्वविद्यालयले जंगलसहितको जमिन प्राप्त गरेको स्मरण गर्दै त्यसलाई बहुउपयोग गर्ने योजना बनाइएको बताए। यो स्थानीयले संरक्षण गरेको वन क्षेत्र भएकाले तत्कालै ठोस कार्यक्रम गर्न विश्वविद्यालयले खोजिरहेको भन्दै उनले त्यसकै विषयमा कोषसंग सहकार्य हुने बताए। विश्वविद्यालयले देवदहमा हाल कृषि विज्ञान र विकास अध्ययन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।

कार्यक्रममा संरक्षण कोषका सदस्यसचिव अधिकारीले विश्वविद्यालयसंग सहकार्य गरी अध्ययन अनुसन्धानमा कोषले काम गर्न चाहिरहेको बताए। बौद्ध दर्शनमा रहेर पर्यावरणीय क्षेत्रमा कार्य गर्न सकिने र छिट्टै ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा विश्वविद्यालयका डीन उकेशराज भुजु, डा. माणिकरत्न शाक्य, अनुसन्धान निर्देशक प्रा.डा. गितु गिरी, परीक्षा नियन्त्रक इन्द्र काफ्ले, प्रकृति संरक्षण कोषका कार्यक्रम व्यवस्थापक डा. चिरञ्जिवी प्रसाद पोखरेल लगायतले बोल्दै बुद्धले प्रकृति संरक्षणमा दिएका उपदेश र त्यसको प्रयोगात्मकता विषयमा बोलेका थिए।

प्रकृति संरक्षण कोषले पर्यावरण संरक्षणमा लामो समयदेखि कार्य गर्दै आएको छ। कोषले प्राज्ञिक विषयमा आवद्ध भई अनुसन्धान कार्य गर्ने गरी विश्वविद्यालयसंग सहकार्य सम्बन्ध जोडेको हो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.