निर्धक्क भएर भोटको ऋण लगाउनुहोस् विकास गरेर ब्याजसहित फिर्ता गर्नेछु : उम्मेदवार लबश्री

निर्धक्क भएर भोटको ऋण लगाउनुहोस् विकास गरेर ब्याजसहित फिर्ता गर्नेछु : उम्मेदवार लबश्री

रामेछाप : स्थानीय निर्वाचन मिति नजिकिँदैं जाँदा दलहरूले घरदैलो कार्यक्रम छोट्याउँदै गएका छन्। यस्तै नेपाली कांग्रेस रामेछाप नगरपालिकालेपनि मंगलबार घरदैलो कार्यक्रम सकेर आमसभा गरेको छ। नगरपालिका प्रमुखका लागि उम्मेदवार बनेका नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति लबश्री न्यौपानेले आम नागरिकले मेरो आवश्यकता महसुस गरेको बताएका छन्।

प्रत्येक नागरिकको घरघरमा पुगेका न्यौपानेलाई रामेछाप नगरपालिकाको समृद्धिका लागि तपाईंको आवस्यकता छ जसरीपनि जिताउँछौ भनेर आम नागरिकले भनेको उनको भनाइ रहेकोछ। राजनीतिलाई समाजसेवाको पेशा बनाएर जीवन यसैमा समर्पण गरेको छु मेरो उम्मेदवारीमा आम नगरबासीको उत्साहले आफूलाई धेरै हौसला थपेको न्यौपानेले जानकारी दिए।

रामेछाप नगरपालिकालाई देशकै नमूना नगर बनाउने संकल्प गरेर चुनावी मैदानमा उत्रिएका न्यौपाने लामो राजनैतिक इतिहास बोकाका नेता हुन्। उनी सधैं आम नगरिकसंग घुलमिल हुने र हरेक नागरिकको पीडामा मलम लगाउँदै आएका छन्। गत स्थानीय निर्वाचनमापनि रामेछाप नगरपालिका नेपाली कांग्रेसले  ३ वटा वडाध्यक्षसहित नगर प्रमुख र उपप्रमुख जितेकाले यो पटक थप वडासहित पलिका आफूहरूले जित्ने न्यौपानेको भनाइ छ।

कहिलेपनि लाभको पदमा नपुगेका न्यौपानेले रामेछाप जिल्लाको पुरानो सदरमुकामसमेत रहेको रामेछाप नगरपालिकाको विकासको लागि आफ्नो अहम् भूमिका रहेको बताएका छन्। उनी भन्छन्, ‘एक पटक मलाई जिताएर देखाउनुहोस् रामेछाप नगरलाई समृद्ध नगर र सुखी नगरबासी बनाएर देखाउँछु।’

रामेछाप नगरपालिका कृषि तथा पर्यटनका लागि नमूना नगर बनाएर नागरिकको आयआर्जनलाई दोब्बर बनाउने र आत्मनिर्भरतातर्फ उन्मुख गराउने लक्ष्य रहेको उनको भनाइ छ। अपाङ्ग, महिला र बालमैत्री नगर बनाउँदै नगरभित्रका जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य परिक्षणसमेत गराउने ब्यवस्था मिलाउने न्यौपानेको योजना रहेको बताए। निर्धक्क भएर भोटको ऋण लगाउनुहोस् विकास गरेर ब्याजसहित फिर्ता गर्ने न्यौपानेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.