भोजपुरको हतुवागढी गाउँपालिकामा गठबन्धन भत्काउँदै एमाले विजयी

भोजपुरको हतुवागढी गाउँपालिकामा गठबन्धन भत्काउँदै एमाले विजयी

भोजपुर : सत्ता गठबन्धन हराउँदै भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजयी भएका छन् । 

उनले गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गजेन्द्र कार्कीलाई ६८९ मतले हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

दोस्रो कार्यकालका लागि निर्वाचित बनेका राईले ४ हजार ४० मत ल्याएका थिए । 

उनका निकटत्तम प्रतिद्वन्द्वी कार्कीले ३ हजार ३ सय ५३ मत ल्याएका थिए । 

त्यस्तै, गाउँपालिकाको उपाध्यक्ष पदमा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी सुनिता किराती विजयी भएकी छन् । 

उनले ३ हजार ७ सय ७ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी कमला राईले ३ हजार ६ सय ११ मत ल्याइन् ।

९ वडा रहेको उक्त गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र ९ एमाले र वडा नं ७ र ८ मा नेपाली कांग्रेसले जितेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.