भोजपुरका ६ स्थानीय तहको टुंगो, ३ मा गणना जारी

भोजपुरका ६ स्थानीय तहको टुंगो, ३ मा गणना जारी

भोजपुर : ९ स्थानीय तहमध्ये भोजपुरका ६ स्थानीय तहको अन्तिम मत परिणामको टुंगो लागेको छ। जसमा हतुवागढी गाउँपालिका र पौवादुङमा गाउँपालिकामा नेकपा एमाले, आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा माओवादी केन्द्र, अरुण गाउँपालिकामा नेपाली कांग्रेस र साल्पासिलिछो गाउँपालिकामा एक स्वतन्त्र उम्मेदवारले जितेका छ।

साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्रका उम्मेदवारले विजय हाँसिल गरेका छन्। स्वतन्त्रबाट उम्मेदवारी दिएका दौलत कुलुङ राई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

निकै प्रतिस्पर्धामा रहेका राईले निकटत्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश राईलाई ३८ मत र नेकपा एमालेका शान्तिबहादुर अधिकारीलाई ४ सय ३१ मतले पछि पार्दै निर्वाचित भएका हुन्। राईले कुल १८ सय १४ मत पाउँदा कांग्रेसका राईले १७ सय ८६ र एमालेका अधिकारीले १३ सय ८३ मत पाएका थिए। 

नेकपा एमालेबाट बागी स्वतन्त्र उम्मेदवार उठेका राईले गाउँपालिकाको सम्मुनत समृद्धिको सपनालाई साकार बनाउँदै जनताको सेवा गर्ने दृढ इच्छाले चुनावी मैदानमा सहभागी बनेको बताए। यस्तै, उपाध्यक्षमा भने नेपाली कांग्रेसकी अस्मिता कुलुङ राई निर्वाचित भएकी छन्। उनले नेकपा एमालेकी रिता घलेलाई २ सय ८२ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन्। उनले कुल १८ सय ६२ मत प्राप्त गरेकी थिइन्।

सत्ता गठबन्धन हराउँदै भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजयी भएका छन्। उनले गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गजेन्द्र कार्कीलाई ६८९ मतले हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। दोस्रो कार्यकालका लागि निर्वाचित बनेका राईले ४ हजार ४० मत ल्याएका थिए। 

उनका निकटत्तम प्रतिद्वन्द्वी कार्कीले ३ हजार ३ सय ५३ मत ल्याएका थिए। त्यस्तै, गाउँपालिकाको उपाध्यक्ष पदमा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी सुनिता किराती विजयी भएकी छन्। उनले ३ हजार ७ सय ७ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी कमला राईले ३ हजार ६ सय ११ मत ल्याइन्।

भोजपुरको दक्षिण आमचोक गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले शानदार विजयी हासिल गरेको छ। माओवादी केन्द्रले ६ वटा वडा सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित जित हासिल गरेको हो।

नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा अशोक राई र उपाध्यक्षमा सिता राई विजयी भएका हुन्। अध्यक्षमा निर्वाचित अशोक राईले ३६ सय ८५ मत र उपाध्यक्षमा निर्वाचित सिता राईले ३५ सय ९१ मत प्राप्त गरेका छन्। 

राईले ४२७ को मतान्तरले उनका निकत्तम प्रतिद्धन्दी एमालेका बसन्त राईलाई र उपाध्यक्ष पदमा राईले ४११ मतान्तरका साथ नेपाली काँगे्रसका छिरिङ्ग शेर्पालाई पछि पार्दै विजयी भएका हुन्। 

यस्तै पूर्वी  पौवादुङमा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ। यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भए। उनले २४ सय ९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ‘शैलेन्द्र’ १६ सय ८८ मतमा रोकिए। १३ सय ७१ मत ल्याएर कांग्रेसका मनोज कार्की तेस्रो भए। 

किरणको यो दोस्रो जित हो। यसअघिको निर्वाचनमा यहाँ उपाध्यक्ष भने माओवादीले जितेको थियो। उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २४ सय ६ मत ल्याएर विजयी भइन्। उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले १७ सय ६९ मत प्राप्त गरिन्। तेस्रो बनेकी कांग्रेसकी रामकुमारी राईले १३ सय ८७ मत प्राप्त गरिन्।

रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका थामबहादुर राई निर्वाचित भएका छन्। ३ हजार ७७ मत ल्याएका राईले एमालेका बलराम राईलाई पराजित गरेका हुन। 

एमालेका बलरामले २८ सय ५१ मत ल्याए। यहाँ केन्द्र र माओवादीको तालमेल थियो भने एमाले एक्लै थियो। यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका वीरेन्द्र राई ३५ सय ७७ मत ल्याएर निर्वाचित भएका छन्। एमालेका कमलादेवी राईले २२ सय १४ मत ल्याएर पराजित भएकी छिन्।

अरूण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेसका शालिकराम खत्री २ हजार ८ सय ८७ मत ल्याउँदै अध्यक्ष पदमा विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद घिमिरेले दुई हजार ४ सय २४ मत ल्याएका छन्। यसैगरी अध्यक्ष पदका लागि नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार रहेका डिल्लीराम अधिकारीले एक हजार ८ सय २७ मत प्राप्त गरे। 

सोहि गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाटै विनीता ढकालले जित हासिल गरिन्। उनले ३ हजार मत ल्याएकी छन्। उनका निकटतम प्रतिस्पर्धी एमाले उमेदवार कविता राईले दुई हजार ५ सय ४४ मत ल्याइन्। नेकपा (एकीकृत समाजवादी)का उमेदवार होमबहादुर श्रेष्ठले भने एक हजार ९० मत प्राप्त गरे। यहाँ माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.