पर्वतको महाशिलामा एमाले विजयी
कुश्मा : पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालका उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार इश्वरी भुसाल र धनसोभा विक क्रमश: अध्यक्ष र उपाध्यक्षमा विजयी भएका हुन्।
अध्यक्ष पदमा एमालेका भुसालले २ हजार ७४३ मत ल्याउँदा कांग्रेसका अशोक उच्चै ठकुरीले २ हजार ३०६ मत ल्याएका थिए। उपाध्यक्ष पदमा वि.कले २ हजार ७०६ मत ल्याउँदा एकीकृत समाजवादीका उम्मेदवार बिराज हमालले १ हजार ९६९ मत ल्याएका थिए।
महशिलाका ६ वटा वडामध्ये वडा नं. ५ लुंखुदेउरालीमा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकी सबैमा नेकपा एमाले प्यानलसहित विजयी भएको छ।
प्रतिक्रिया दिनुहोस !