पाँचथरको फालेलुङ गाउँपालिकामा एमाले ‘क्लिन स्वीप’

पाँचथरको फालेलुङ गाउँपालिकामा एमाले ‘क्लिन स्वीप’

फिदिम : पाँचथरको फालेलुङ गाँउपालिकामा नेकपा (एमाले) ‘क्लिन स्वीप’ भएको छ। आठ ओटा वडा भएको फालेलुङका सबै वडाका सबै पदबाट एमाले बढारिएको हो।

२०७४ सालको स्थानीय निर्वाचनमा दुई ओटा वडा अध्यक्षसहित केही सदस्य पदमा एमालेका प्रतिनिधि निर्वाचित भएका थिए। पालिका अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा एमालेले तेस्रो पोजिसन कायम गरेको थियो। 

यस पटकको निर्वाचनमा सत्तारुढ गठबन्धनका कांग्रेस, माओवादी र एकीकृत समाजवादीले तालमेल गरेर चुनावमा भाग लिएका थिए। पालिका अध्यक्षसहित चार ओटा वडामा कांग्रेसका प्रतिनिधि विजयी बनेका छन् भने उपाध्यक्षसहित तीन  वडामा माओवादीका प्रतिनिधि निर्वाचित भएका हुन्।  

एकीकृत समाजवादीको भागमा परेको वडा नम्बर १ मा स्वतन्त्र उम्मेद्वार अनिश गुरागाईको प्यानल विजयी बनेको छ। गुरागाई नेपाल तरुण दल पाँचथरका नेता हुन्।  

अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित 
 
पाँचथरको फालेलुङ गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बिरबिक्रम थासुहाङ र उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्रहाङ जबेगु निर्वाचित भएका छन्। अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जयप्रकाश केरुङ र उपाध्यक्षमा सुजता वान्तवा राईलाई भारी मतले पछि पार्दै थाम्सुहाङ र जवेगु विजयी भएका हुन्। 

निर्वाचन कार्यालयका अनुसार अध्यक्ष र उपाध्यक्षमा दुई हजार मतभन्दा धेरै मतान्तर रहेको छ। यसको विस्तृत विवरण आउन बाँकी छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.