धनुषाको लक्ष्मिनियाँमा कांग्रेसका उम्मेदवार निर्वाचित
जनकपुरधाम : धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। लक्ष्मिनियाँको ७ वडा मध्ये पाँच वडामा भने एमाले विजयी भएको छ।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र झा निर्वाचित भएका हुन्। उनले ३ हजार ७६५ मत ल्याएर विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सत्रुधन यादव ३ हजार ४९७ मत ल्याए।
यस्तै उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी यादवनी विजयी भएकी हुन्। उनले ३ हजार ६२८ मत ल्याएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी जसपाकी विमला कुमारी यादवले ३ हजार ४६० मत ल्याए।
यस्तै ७ वटा वडामध्ये ५ वटा वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका हुन्।
प्रतिक्रिया दिनुहोस !