भोजपुरमा कांग्रेसका आले पुनः निर्वाचित, उपप्रमुखमा एमालेकी शेर्पा
भोजपुर : भोजपुर नगरपालिकामा सत्तागठबन्धन दल नेपाली कांग्रेस विजयी भएको छ। गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कैलाशकुमार आले पुनः दोश्रो कार्यकालका लागि चुनिएका हुन्।
आलेले उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका भरतकुमार तामाङलाई ५ सय १५ मतलेपछि पार्दै विजयी बनेका थिए। आलेले कुल ५ हजार ६ सय १५ ल्याउँदा तामाङले कुल ५ हजार एकसय मत प्राप्त गरे।
१२ वडा रहेको भोजपुर नगरपालिकामा गठबन्धन दल कांग्रेसले ८, नेकपा एमालेले ३ र गठबन्धन दल माओवादी केन्द्रले एउटा वडा जितेको छ। भोजपुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो।