अघिल्लो चुनावमा वडाध्यक्षमा पराजित भए, यसपालि पालिका प्रमुख नै जिते

अघिल्लो चुनावमा वडाध्यक्षमा पराजित भए, यसपालि पालिका प्रमुख नै जिते

रामेछाप : गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित दुई उमेदवार पालिका अध्यक्षमा निर्वाचित भएका छन्।

पालिका अध्यक्षमा निर्वाचित केशव महत र काजीबहादुर खड्का गत स्थानीय निर्वाचनमा वडा अध्यक्षमा पराजित भएका थिए।

महत लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ४ र काजीबहादुर खड्का गोकुलगंगा गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा पराजित भएका थिए।

बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा महत लिखुतामाकोशी गाउँपालिका र काजीबहादुर खड्का गोकुलगंगा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार थिए। हालै सार्वजनिक मत परिणाममा दुबैजना पालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

गोकुलगंगामा ६ हजार ९३ मत प्राप्त गरेका काजीबहादुर खड्काले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर सुनुवारलाई १ हजार ३८३ को फराकिलो अन्तरले पराजित गरे। सुनुवारले ४ हजार ७१० मत प्राप्त गरेका थिए।

यस्तै लिखुतामाकोशीमा महतले ५ हजार ११२ मत प्राप्त गर्दै निर्वाचित भए। उनले निकटतम प्रतिद्वन्दी एमालेका कमल कडेरियालाई १ हजार १०४  मतले पराजित गरे। कडेरियाले ४ हजार मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.