पर्वतको कुश्मा नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका विजयी
कुश्मा : पर्वतको कुश्मा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका रामचन्द्र जोशी दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका छन्। जोशी ९ हजार ८६४ मत ल्याएर विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार गणेश शर्मा पौडेललाई ७७५ मतान्तरले पराजित गरेका छन्। पराजित गणेश शर्मा पौडेलले ९ हजार ८९ मत ल्याएका छन्। जोशी नेपाली कांग्रेसको गण्डकी प्रदेशका सहमहामन्त्रीसमेत हुन्।
उपप्रमुखमा नेकपा एमालेकी स्वस्थानी रिजाल निर्वाचित भएकी छन्। रिजालले ९ हजार ९२ मत ल्याएर विजयी हुँदा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादीका शंकर गिरीले ८ हजार २८२ मत ल्याए।
१४ वडा रहेको कुश्मामा ८ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। ५ वडामा नेकपा एमाले र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस !