लन्डन-पेरिस साइकलयात्रा गरी बालगृहलाई सहयोग

लन्डन-पेरिस साइकलयात्रा गरी बालगृहलाई सहयोग

लन्डन : बेलायतमा बस्दै आएका सात जना नेपाली युवाको समूहले लन्डनदेखि फ्रान्सको पेरिससम्म साइकलयात्रा गरेर नेपालको एक बालगृहलाई करिब १० लाख रुपैयाँ सहयोग जुटाएका छन्। 

शुक्रबार बिहान लन्डन ब्रीजबाट सुरु भएको उनीहरुको यात्रा आइतबार पेरिसको आइफेल टावरमा पुगेर टुंगिएको थियो। 

हेल्प नेपाल नेटवर्क यूके, नेपाली युथ एशोसिएसन यूके र वुल्लीच आर्सनल राइडर्स(वार) क्लबआबद्ध प्रसिद्ध प्रधान, लछुमन गुरुङ, सुलभ पन्त, सुशील प्रसाईं, सुनिल कार्की, मनोज श्रेष्ठ र कलाकार विक्रमदास जोशीले साइकलयात्रा गरेका हुन्। 

च्यारिटी यात्रीहरुले लन्डनदेखि पेरिससम्मको ३ सय १५ किमी दूरी साइकलमै पूरा गरेका छन्। जसका लागि उनीहरुले दैनिक ६ देखि ८ घण्टासम्म साइकिलिङ गरेका थिए। 

समूहका एक सदस्य प्रसिद्ध प्रधानका अनुसार च्यारिटी साइकलयात्राबाट साढे ६ हजार पाउण्ड (करिब १० लाख रुपैयाँ) संकलन भएको छ। उक्त रकम हेल्प नेपाल नेटवर्कले काभ्रेको धुलिखेलमा सञ्चालन गरेको एक बालगृहलाई सहयोग गरिनेछ। 

यात्राको लागि आफ्नो खर्च आफैं व्यहोरेका साइकलयात्रीले संकलित रकममा कुनै खर्च नकटाएर पूरै बाल गृहलाई प्रदान गरिने स्पष्ट पारेका छन्।

साइकलयात्रीमध्ये एक नेपाली युथ एशोसिएसन यूकेका अध्यक्ष लछुमन गुरुङले आउँदै गरेको आफ्नो जन्मदिनको लागि आफू च्यारिटी साइकलयात्रामा गएको सुनाए। ‘हामी सबैले सानो-सानो सहयोग गर्न सक्यौं भने पनि आवश्यकतामा रहेका धेरैलाई मद्धत पुग्न सक्छ। नयाँ शैली अपनाएर परोपकारी काम गर्दा हाम्रो समुदायलाई पनि सकारात्मक सन्देश र प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना हो’, गुरुङले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.