पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कबिहीन
जेठ १५, २०७९ आइतबार १०:५५:०
पोखरा : पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ।
आइतबार बिहान तारा एयरको जहाज जोमसोमका लागि उडेको थियो।
सम्पर्कबिहीन भएको जहाजबारे खोजबिन सुरु भएको छ। जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ।
थप समाचार आउन बाँकी छ।