मेमेङमा सञ्चालित स्वास्थ्य शिविरमा तीन सय बढीको स्वास्थ्य परीक्षण

मेमेङमा सञ्चालित स्वास्थ्य शिविरमा तीन सय बढीको स्वास्थ्य परीक्षण

फिदिम : पाँचथरको फालेलुङ गाँउपालिका-३ स्थित लाम्लुवा भञ्ज्याङको मेमेङ स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा एकैदिन तीन सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन्।

गणेशमान सिंह सामुदायिक हस्पिटल फिदिमको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा तीन सय १४ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए।

शिविरमा हाडजोर्नी, नशा तथा बाथरोग सम्बन्धी बिशेषज्ञ सेवा, आँखा जाँच, मुख तथा दन्त रोग सम्बन्धी जाँच, निःशुल्क भिडियो एक्सरे, इसीजी सेवा, निःशुल्क रगत तथा पिसाबको परीक्षण र निःशुल्क औषधी वितरण गरिएको थियो।

शिविरबाट एक सय ५० भन्दा बढीले हाडजोर्नी, नशा तथा बाथरोग सम्बन्धी बिशेषज्ञ सेवा पाएको विशेषज्ञ डाक्टर भूपेन्द्रमान शेरचनले बताए। ‘सोचेभन्दा धेरै बिरामीहरुले उपचार पाउनु भएको छ,’ शेरचनले भने ‘शिबिरप्रति यहाँका मानिसहरुको आकर्षण देखियो। उपचार गराउनेको घुईँचो थियो।’

आँखा उपचारका लागि फिदिम आँखा उपचार केन्द्रले सहयोग गरेको हो। झण्डै सय जनाले आँखा उपचार गराएको बताईएको छ। त्यस्तै गरी दाँतको उपचारका लागि मानव डेन्टल हस्पिटल फिदिमले सहयोग गरेको हो। दाँतको उपचार गराउनेको संख्या पनि उल्लेख्य भएको मानव डेन्टलका इन्द्र लुईटेलले बताए।

फालेलुङ गाँउपालिकासँगको समन्वयमा सञ्चालित शिबिरको आयोजना पूर्वेली युवा समूह फालेलुङ-३ ले गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.