लाप्चा राजाको मलय ल्याङ

लाप्चा राजाको मलय ल्याङ

प्राचीनकालमा ‘मलय ल्याङ’ राज्यको सिमाना उत्तारमा तिब्बत, दक्षिणमा तितिलिया, पूर्वमा सिक्किम र भुटानको सिमाना र पश्चिममा नेपालको अरुण नदीसम्म फैलिएको थियो। मलय ल्याङमा लेप्चाहरूले नेपाल, तिब्बत, भुटान र इस्ट इन्डिया कम्पनीसँग विभिन्न कालखण्डमा आफ्नो बचाउका लागि युद्ध गरेको प्रमाण पाइन्छ।


सुन्दा पनि अचम्म लाग्न सक्छ, दरबारमा राजारानी बस्ने आसन ढुंगाको छ। अध्ययन गर्ने ठाउँ पनि ओडारमुनि ! दुई सय वर्ष पुरानो इतिहास बोकेको त्यस ठाउँमा तिनले पूजाआजा गर्ने स्थानसमेत अझै सुरक्षित छ। सूर्योदय नगरपालिका छिपिटार खण्डबाट मेची राजमार्गलाई छोडेर पर्यटकीय अन्तु डाँडामा छ यो दरबार। लाप्चा राजाको थलो भएको स्थान हो, ज्युठी।

इलामको सूर्योदय नगरपालिका— ५ को सुदूर गाउँमा पर्ने ज्युठीका लाप्चाहरूको राजा जसलाई सिगाम गेबु अछ्युक पुनी भनिँदो रहेछ। लाप्चाहरू उनलाई सजिलो गरी श्रीराम राजाभन्दा रहेछन्। तिनै राजा दलबलसहित आएर बसेको विश्वास गरिँदो रहेछ।

लामो इतिहास बोकेको ज्युठीमा नेपाल एकीकरणको समयमा लाप्चा राजा आएर बास बसेको त्यो स्थान राज्यको नजरमा अहिलेसम्म परेको रहेनछ। उनका सेनाहरू सुरक्षाका सामग्रीसहित बसेको स्थानीय लाप्चा समुदायका अगुवाहरू बताउँछन्। लाप्चा राजा कति लामो समय बसे भन्ने कुरामा लाप्चा अगुवाबीच नै एक मत छैन। केहीले केही दिन बसेको सुनाए केहीले लामो समय त्यहाँ बसेर आफ्नो पहिचान बचाउन काम गरेको बताउँदा रहेछन्।

वडाध्यक्ष उर्गेन बम्जन भन्छन्, ‘लामो तर लुकेको इतिहास बोकेको ठाउँ रहेछ यो ठाउँले।’ वडाध्यक्षको पदभार ग्रहण गरेको एक हप्तामा दुई पटक भ्रमण गरे उर्गेनले। उनलाई पनि ज्युठीमा रहेको ऐतिहासिकताले निकै आकर्षण गरेको छ। नेपालमै ३ हजार ५ सयको हाराहारीमा जनसंख्या छ, लाप्चाहरूको। तिनका बारेमा लामो अनुसन्धान गरेर पुस्तकसमेत प्रकाशन भएको छ। अनुसन्धानकर्ता युद्धप्रसाद वैद्य भन्छन्, ‘ज्युठीबारे ऐतिहासिक प्रमाणको अभाव छ तर त्यो स्थानले लाप्चाहरूको ऐतिहासिकता बोल्छ।’ इलामको फिक्कल, करफोक, अन्तुलगायतका सयौं स्थानको नामसमेत लाप्चा भाषामा राखिएको पाइन्छ। त्यसैले लाप्चाहरू बाहिरबाट आएको भन्दा पनि यहीका आदिवासी भएको प्रमाणहरू फेला पारेको उनी बताउँछन्।

दरबारको पल्लो डाँडालाई स्थानीयले झन्डी डाँडा भनेर चिन्दा रहेछन्। शत्रुपक्षबाट जोगाउन राजाका सेनाहरूले त्यही डाँडामा बसेर पहरा दिने गरेको स्थानीय लाप्चा अगुवा दिलकुमार लेप्चा बताउँछन्। ज्युठीमा लेप्चाहरूको नमुना घर निर्माण गरिए पनि संरक्षणको अभावमा जीर्ण बनिसकेको छ। माटो, ढुंगा र खुसको छानोबाट बनेका घर लाप्चाहरूको पहिचान हो।
ओडारमुनि लामा लमिनी अध्ययन गर्ने गरेको लाप्चाहरूको विश्वास छ। त्यहाँका ऐतिहासिक संरचनाहरू देखाउँदै दिलकुमार भन्छन्, ‘यो ढुंगा हामीले मिलाएर राखेको हैन। कसैलाई झुक्याउन यस्तो बनाएको पनि होइन। हामी सानो हुँदैदेखि यस्तै थियो।’ पछि उनीहरूको राजा भारत गएको दिलकुमारको अनुमान छ। यद्यपि उनीहरूसँग कुनै प्रमाण छैन।

लाप्चाहरूको राजा सिक्किममा गएर मृत्यु भएको दिलकुमारको भनाइ छ। सिक्किममा अहिले पनि राजाहरू बसेका केही घर र पानीको ट्यांकीहरू छन्। उनी भन्छन्, ‘हामी त्यहाँ पुगेका छौं। त्यहाँ संरक्षण गरिएको छ तर यहाँ अलपत्र छ।’ पृथ्वीनारायण शाहले एकीकरण गर्दा अरू समुदायले राजासँग सहमति गरे। तर, लाप्चाहरूले राजाको प्रस्ताव नमानेपछि लाप्चासँग युद्ध भएको लाप्चा अगुवाको दाबी छ।
लाप्चो अथवा पहाडी शृंखलाको देउराली वा दोबाटोमा बनाएको ढुंगाको चुलीबाट लाप्चे अथवा लेप्चा हुँदै लाप्चा शब्दको निर्माण भएको लाप्चा वृद्धवृद्धा बताउँछन्। पूर्वी नेपालको सीमापारि भने लेप्चा भनेर चिन्ने गरिएको छ, यस समुदायललाई। जसले नेपालभित्र चाहिँ अरूले जेसुकै नामले बोलाउने गरे पनि आफूलाई रोङ वा लाप्चा जातिकै रूपमा आफ्नो पुख्र्यौली पहिचान कायम राख्न चाहेको लाप्चा उत्थान मञ्चकी केन्द्रीय उपाध्यक्ष रोजी लाप्चा बताउँछिन्।

सुन्दा पनि अचम्म लाग्न सक्छ, दरबारमा राजारानी बस्ने आसन ढुंगाको छ। अध्ययन गर्ने ठाउँ पनि ओडारमुनि ! दुई सय वर्ष पुरानो इतिहास बोकेको त्यस ठाउँमा तिनले पूजाआजा गर्ने स्थानसमेत अझै सुरक्षित छ।

सीमापारि भने ब्रिटिस साम्राज्यकालमा लाप्चा शब्दलाई अंग्रेजी भाषाको प्रभावका कारण लेप्चा हिज्जे गरिएकाले त्यतातिर आजसम्म त्यसरी नै प्रचलनमा छ। लाप्चा समुदायको पुख्र्यौली पेसा कृषि नै हो। उनीहरू आफूलाई चाहिने सामग्री आफैं बनाउन सक्ने कौशल रहेको समुदायको रूपमा समेत चिनिने गरेको वडाध्यक्ष बम्जन बताउँछन्। उनी भन्छन्, ‘प्रकृतिपूजक लाप्चाहरूको आफ्नै प्रकारको रोचक मौलिक परम्परा छ।’
लाप्चा समुदायको ज्युठीको गर्विलो इतिहासलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य छ स्थानीय सरकारको। त्यसका लागि योजना निर्माणमा लागेका छन्, वडा सदस्य आकाश लाप्चा। उनी सूर्योदय नगरपालिकाको वडा नम्बर ५ मा यो जातिबाट जनप्रतिनिधि हुने एक मात्र लाप्चा हुन्। ‘ज्युठीको प्रवद्र्धन गरेर यहाँ पर्यटकको चहलपहल बढाउन सकिन्छ’, उनी अठोट व्यक्त गर्छन्। यसलाई सूर्योदयको सम्पदाको रूपमा विकास गर्न वडाको तर्फबाट काम गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

लाप्चाको उत्पत्तिबारे भने अहिले पनि ठोस प्रमाण नहुँदा पुरानो थलो नेपाल कि भारत भन्ने विवाद छ। यद्यपि ‘इलाममा लाप्चा जाति र स्थाननाम’ नामक अनुसन्धानमूलक पुस्तकमा प्राध्यापक डा. नोबलकिशोर राई र डा. नेत्रमणि दुमी राईले लाप्चाको ऐतिहासिकता र थातथलोको विषयमा लेखेका छन्। ‘एकथरी लाप्चाहरूले आफ्नो पुर्खा सिक्किमबाट यस क्षेत्र (इलाम)मा आएको बताएका छन् भने अर्काथरीले चाहिँ त्यसो नभएर आफ्नो थाकथलो नै परापूर्वकालदेखि यहीँ नै रहेको बताएका छन्’, लेखकद्वयले लेखेका छन्।’

लेखकद्वयले उल्लेख गरेका छन्, ‘निकै पछि मात्र आफ्नो वंश त्यतातिर बसाइँ सरी गएको दाबी गर्छन् तर भौगोलिक र ऐतिहासिक दृष्टिकोणबाट हेर्दा भने उपर्युक्त दुवै तर्कप्रति एकोहोरिनुभन्दा पनि राजनीतिक घटना क्रमसँगै उनीहरूका ऐतिहासिक थाकथलोलाई सीमारेखाले अलग्याउँदा मात्र लाप्चा जातिको पुख्र्यौली भूमि ‘मयल ल्याङ’ (रोङ क्षेत्र) धेरैपछिबाट विभाजित हुन गयो। जसले गर्दा हाल लाप्चा जातिहरू फरक राज्यहरूमा अलग्गिन पुगे।’

ज्युठीबाट बाहिरिएका लाप्चा राजापछि सिक्किम गएर बसेको लाप्चाहरू नै बताउँछन्। नेपालमा भने उनीहरूले छोडेर गएको थलोमा रहेको गुफा, आसन, अध्ययन कक्ष, लुक्ने ठाउँ आदि संरक्षणको पखाईमा छ। चालू आर्थिक वर्षमा भने १ नम्बर प्रदेश सरकारले सो स्थानको संरक्षणका लागि ६ लाख रुपैयाँ उपलब्ध गराएको स्थानीय लाप्चा अगुवा सुदर्शन बताउँछन्।

पूर्वी इलाम जिल्लाका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिकाका विभिन्न ठाउँमा परापूर्वकालदेखि बसोबास गरिरहेका लाप्चाहरू नेपालका आदिवासी भएको संविधानसभाका सदस्य टीकाराम लाप्चा बताउँछन्। उनले पनि ज्युठीबारे ठोस प्रमाण नभएको बताएका छन्। उनले भने, ‘यसको स्थापनासहितका सम्पूर्ण अध्ययन हुन सकेको छैन।’

इलाम नाम पनि लाप्चा भाषामै रहेको जनविश्वास छ। ‘इ’ को अर्थ ‘पुत्का’ (जंगल घुम्दै रूखको धोद्रामा बस्ने मौरी, जसको महलाई औषधिको रूपमा प्रयोग गरिन्छ) र ‘लाम’को अर्थ बाटो अर्थात् पुत्का हिँड्ने बाटो। उक्त ठाउँमा पहिले पुत्का धेरै पाइने भएकाले इलाम नाम रहन गएको हो।

लाप्चा जातिको स्वभाव सोझो, सरल र मिलनसार हो। उनीहरूको धर्म, रीतिरिवाज र शारीरिक बनोट नेपालको शेर्पा, तामाङ, भोटे आदि जातिसँग मिल्दोजुल्दो छ। तथापि उनीहरू संस्कृति तथा परम्पराका हिसाबले ती जातिहरूभन्दा भिन्न भएको सूर्योदय नगरपालिका—४ का लाप्चा अगुवा उमेश बताउँछन्। परापूर्वकालदेखि नै प्रकृतिको पूजा तथा लामा बौद्धधर्म दुवैमा धार्मिक विश्वास राख्ने गर्छन्।
लाप्चाहरूको उत्पत्ति र सृष्टिसम्बन्धी विभिन्न मिथक र विश्वासहरू पाइन्छन्। उनीहरू कञ्चनजंघा हिमाल र त्यसबाट बनेको दह लाप्चाहरूको उद्गमस्थल भएको विश्वास गर्छन्। लाप्चाहरूले बसोबास गरेको भू–भागलाई प्राचीनकालदेखि ‘मयल ल्याङ’ भन्ने गर्छन्।

प्राचीनकालमा ‘मलय ल्याङ’ राज्यको सिमाना उत्तरमा तिब्बत, दक्षिणमा तितिलिया, पूर्वमा सिक्किम र भुटानको सिमाना र पश्चिममा नेपालको अरुण नदीसम्म फैलिएको थियो। मयल ल्याङमा लेप्चाहरूले नेपाल, तिब्बत, भुटान र इस्ट इन्डिया कम्पनीसँग विभिन्न कालखण्डमा आफ्नो बचाउका लागि युद्ध गरेको प्रमाण पाइन्छ। उक्त ऐतिहासिक प्रमाणले लाप्चाहरूको राजनीतिक संगठन र शासन व्यवस्था भएको पुष्टि हुन्छ।
इलाम नाम पनि लेप्चा भाषामै रहेको जनविश्वास छ। ‘इ’ को अर्थ ‘पुत्का’ (जंगल घुम्दै रूखको धोद्रामा बस्ने मौरी, जसको महलाई औषधिको रूपमा प्रयोग गरिन्छ) र ‘लाम’को अर्थ बाटो अर्थात् पुत्का हिँड्ने बाटो। उक्त ठाउँमा पहिले पुत्का धेरै पाइने भएकाले इलाम नाम रहन गएको दिलकुमार लाप्चा बताउँछन्।

इलामका विभिन्न स्थानको नामकरण लाप्चा भाषाबाट भएकाले उनीहरू सिक्किमतिरबाट आएको भन्ने कुरामा प्रमाण नभएको अनुसन्धानकर्ता वैद्यको तर्क छ। लाप्चाहरूले हालको श्रीअन्तुलाई अथुकोङ भन्थे। ‘अथु’ भनेको अग्लो र ‘कोङ’ भनेको ‘डाँडा’लाई बुझाउँछ। लेप्चाहरूको त्यही अथुकोङबाट अपभ्रंसित हुँदै श्रीअन्तु नाम रहन गएको लाप्चाहरू बताउँछन्।
इलामको अर्को प्रख्यात पर्यटकीय क्षेत्र कन्याम पनि लेप्चा शब्दहरूबाट अपभ्रंसित भएको शब्द हो। लेप्चा भाषामा कन्द्योम भन्नाले ‘ठोट्ने’ (अमिलो हुने एकखालको घाँस–बिरुवा)लाई बुझाउँछ। पहिले–पहिले यस ठाउँमा ठोट्नेको घारी हुने गरेकाले लेप्चाहरूले त्यस ठाउँलाई कन्योम भन्ने गर्थे। 

लाप्चाहरूले बोल्ने भाषा सृष्टिकालदेखि आफ्ना पुर्खाले बोलेका र संसारका पुराना भाषाहरूमध्ये एक भएको दाबी गर्छन्। ४० प्रतिशत लाप्चाले मातृभाषा बोल्ने गरेको तथ्यांक छ। दोस्रो भाषाको रूपमा नेपाली नै बोल्ने गरेको बताउँछन्। सरकारले यो जातिको सुरक्षार्थ सामाजिक सुरक्षा भत्ता, प्राविधिक शिक्षालगायत विभिन्न सेवा तथा कार्यक्रमहरू पनि लागू गरेको छ। जसअन्तर्गत लाप्चाहरूले मासिक प्रतिव्यक्ति भत्ता पनि पाउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.