बुढीगंगा नगरपालिकाको मेयरमा एमालेको अग्रता

बुढीगंगा नगरपालिकाको मेयरमा एमालेको अग्रता

बाजुराः बुढीगंगा नगरपालिकाको निर्वाचनको मतगणना जारी  छ। वडा नम्बर १ र १० को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

वडा नम्बर १० मा दुई सय मत गणना हुँदा एमालेले अग्रता लिएको छ। एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँले १०० मत प्राप्त गरेका छन्। 

गठबन्धनबाट कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले ८८ मत प्राप्त गरेका छन्। 

यस्तै, उपमेयरमा भने बराबर मत प्राप्त गरेका छन्। उपमेयरको उम्मेदवार एमालेकी माया खड्का र कांग्रेसकी रिता शाहीले ९५/९५ मत प्राप्त गरेका छन्।

यस्तै वडा नम्बर  १ मा २०० मत मतगणना भइसेको छ। वडा नम्बर १ मा पनि भने कांग्रेसले अग्रता लिएको छ। कांंग्रेसका मेयर पदका उम्मेदवार खातीले ९७ मत प्राप्त गर्दा एमालेका मेयर बानियाँले ८९ मत प्राप्त गरेका  छन्।

उपमेयरमा एमालेबाट उम्मेदवार खड्काले अग्रस्थान लिएकी छन्। उनले ९२ मत ल्याउँदा कांग्रेसकी उम्मेदवार शाहीले ९० मत प्राप्त गरेकी छन्।

बैशाख ३० गतेको निर्वाचनमा धाँदली भएको भन्दै रोकिएको निर्वाचन असार २३ गते कडा सुरक्षाका साथ शान्तिपूर्ण तरिकाले सम्पन्न  भएको थियो।

निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.