युक्रेनले मनायो युद्धकै समयमा स्वतन्त्रता दिवस

युक्रेनले मनायो युद्धकै समयमा स्वतन्त्रता दिवस

किभ : युक्रेनले बुधबार आफ्नो ३१ औं स्वतन्त्रता दिवस मनाएको छ। सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगष्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ। 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वतन्त्रता दिवस मनाउँदै गर्दा रूसबाट थप आक्रमण हुनसक्ने भन्दै नागरिकहरूलाई घरबाहिर ठूलो सङ्ख्यामा ननिस्कन आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा विशेष गरी रुसले क्षेप्यास्त्र आक्रमण गर्न सक्ने डरले किभका अधिकारीहरूले बिहीबारसम्म राजधानीमा ठूलो जमघटमा प्रतिबन्ध लगाएका हुन्। 

यसै सन्दर्भमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई भने, 'रूसी निर्मम आक्रमणको सम्भावना छ। कृपया सुरक्षा नियमहरू कडाईका साथ पालन गर्नुहोस्। कृपया कर्फ्यूको पालन गर्नुहोला। एयर साइरनमा ध्यान दिनुहोला। आधिकारिक घोषणाहरूमा ध्यान दिनुहाला। हामी सबैले मिलेर विजय हासिल गर्नुपर्छ।'

गत वर्ष युक्रेनी स्वतन्त्रताको ३० औं वर्षगाँठको उपलक्ष्यमा आयोजित सैन्य परेड हेर्न किभमा भीड जम्मा भएको थियो। यस वर्ष, राजधानीको मध्यभागस्थित एक चोकमा थोरै संख्यामा मात्र बासिन्दाहरू भेला भएर स्वतन्त्रता दिवस मनाए, जहाँ नष्ट भएका रूसी ट्याङ्करहरू र तोपखानाहरू सप्ताहन्तमा प्रदर्शनमा राखिएको छ। उक्त स्थानमा प्रत्येक दिन बिहान ७ बजे राष्ट्रिय गान बजाइन्छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.