लमजुङमा प्रतिनिधि सभाका लागि कांग्रेसबाट १२ जना सिफारिस

लमजुङमा प्रतिनिधि सभाका लागि कांग्रेसबाट १२ जना सिफारिस

बेंसीसहर : नेपाली कांग्रेस लमजुङले प्रतिनिधि सभा निर्वाचनका लागि १२ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ। 

शुक्रबार बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको उम्मेदवारका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको हो। 

जिल्ला सभापति डा. टकराज गुरुङ, पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, संविधानसभा सदस्य चन्द्रबहादुर कुंवर, नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थबहादुर थापा, नेताहरू विष्णुप्रसाद धिताल, यमबहादुर गुरुङ र डा. बासुदेव गिरी सिफारिस भएका हुन्। 

यस्तै समानुपातिकतर्फ कोपिला विक, कृष्णमाया विक, तिरकाशी गुरुङ, शुभनाथ मिश्र र गर्जबहादुर गुरुङको नाम सिफारिस भएको छ।

पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती भने यसपटक जिल्लाबाट प्रत्यक्ष र समानुपातिक दुवैमा परेका छैनन्। उनी २०६४ र २०७४ को निर्वाचनमा लमजुङबाट पराजित भएका थिए।

कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएपनि यहाँ नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सत्ता गठबन्धनबाट उठ्ने इच्छा देखाएका छन्। उनी सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलमा क्रियाशील छन्। 

नेपाली काँग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले केन्द्रको निर्णयपछि जुन सिट छोड्नुपर्ने भएपनि आफूहरू तयार रहेको बताए। 'केन्द्रमा सिट बाँडफाँटको तयारी भइरहेको छ, हामी प्रतिनिधि या प्रदेश सभा जुन छोड्न पनि तयार छौं', गुरुङले भने। 

प्रक्रियागत रूपमा अहिले सिफारिस भएका नामहरू गठबन्धन हुँदा केन्द्रबाट हेरफेर हुनसक्ने उनले बताए।

कांग्रेस कार्यकर्ताहरूले आफ्नै पार्टीबाट उम्मेदवार हुनुपर्ने आवाज उठाए पनि नेतृत्व तह भने गठबन्धन गरेरै निर्वाचनमा जाने मुडमा छ। 

२०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सिट गुमाएको कांग्रेस यसपटक गठबन्धन गरेर भएपनि पुरानो साख फर्काउने मुडमा छ। 

२०७४ को निर्वाचनमा बाम गठबन्धनबाट प्रतिनिधि सभामा देव गुरुङले कांग्रेसका दिलबहादुर घर्तीलाई पराजित गरेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.