एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ फेरि प्रदेश सभामै उम्मेदवार बन्ने

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ फेरि प्रदेश सभामै उम्मेदवार बन्ने

बेंसीसहर : नेकपा एमालेका उप-महासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ पुनः प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। 

२०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा 'ख' बाट चुनाव जितेर गण्डकी प्रदेशका मुख्यमन्त्री भएका थिए। गुरूङ यस पटक प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने चर्चा भएपनि पुनः प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस भएका हुन्। 

शनिबार सम्पन्न एमाले लमजुङको बैठकले गुरूङलाई लमजुङको प्रदेश क्षेत्र (ख) बाट प्रदेश सभाको उम्मेदवारमा सिफारिस गरेको हो। बैठकमा उपमहासचिव गुरुङनै प्रमुख अतिथि थिए। 

एमाले लमजुङका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी पनि गुरूङसँगै प्रदेश सभा सदस्यको उम्मेदवारका सिफारिस भएका छन्। 

प्रदेशसभा (क) तर्फ वर्तमान प्रदेशसभा सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडी, बेसीसहर नगर कमिटीका अध्यक्ष राजकुमार विष्ट र जिल्ला कमिटीका उपसचिव जितबहादुर गुरुङको नाम सिफारिस भएको छ।

लमजुङमा प्रतिनिधि सभामा एउटा मात्रै निर्वाचन क्षेत्र छ। एमाले लमजुङले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि संविधानसभा सदस्य जमीन्द्रमान घले र जिल्ला सचिव सुवास पौडेलको नाम सिफारिस गरेको छ।

यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ संविधानसभा सदस्य टुकाभद्र हमालसहित कल्पना थापा र प्रेम दुरा सिफारिसमा परेका छन्। 

प्रदेश सभातर्फ प्रेम बहादुर घले, मोहनहरी पौडेल, महेन्द्रलाल श्रेष्ठ, बम बहादुर थापा, फूलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रामहरि दवाडी, गणेश पाण्डे, लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया थापा मगर सिफारिस भएका छन्। 



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.