लमजुङमा प्रत्यक्षतर्फ एक मात्रै महिला उम्मेदवार सिफारिस

लमजुङमा प्रत्यक्षतर्फ एक मात्रै महिला उम्मेदवार सिफारिस

बेंसीसहर : प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउन आवाज उठिरहे पनि लमजुङमा भने एकजना महिला मात्र प्रत्यक्षतर्फ सिफारिस भएकी छन्।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) बाट प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ महिला उम्मेदवार सिफारिस भएकी हुन् । सो दलबाट गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी छन् । उनी प्रतिनिधि सभामा समानुपातिक तर्फबाट पनि सिफारिसमा परेकी छन् ।

उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ निर्वाचन लडेकी थिइन् । त्यसयता २०७० र ०७४ मा उनी समानुपातिकमा बसेकी थिइन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ महिलाको नाम सिफारिस भएको छैन ।

लमजुङमा समानुपातिक तर्फ भने २९ जना महिलाको नाम सिफारिस भएको छ । प्रतिनिधि सभातर्फ ८ जना र प्रदेश सभा सदस्यतर्फ २१ जना महिलाको नाम सिफारिस भएको हो ।

प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसबाट तीनजना, नेकपा एमालेबाट दुईजना, माओवादी केन्द्रबाट दुईजना र नेपाल समाजवादी पार्टीबाट एकजना महिलाको नाम उम्मेदवारका लागि सिफारिस भएको छ । 

नेकपा एमालेबाट प्रतिनिधिसभा तर्फ केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य टुकाभद्र हमाल र केन्द्रीय सदस्य कल्पना थापाको नाम सिफारिस भएको छ । सो दलबाट प्रदेश सभा समानुपातिकमा लक्ष्मीदेवी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया राना मगरको नाम सिफारिस भएको छ ।

नेपाली काँग्रेसबाट प्रतिनिधिसभा तर्फ कोपिला विक, तिरकाशी गुरुङ र कृष्णमाया विकको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभातर्फ प्रदेश (क) मा खुसीमाया (अस्मिता) गुरुङ, छुपीमाया गुरुङ, धनकुमारी गुरुङ, सप्रिया जोशी, विष्णुमाया न्यौपाने धितालको नाम सिफारिस गरेको छ । प्रदेश (ख) मा टीकाकुमारी बस्याल, पार्वती तामाङ, सुस्मिता अधिकारी क्षेत्री, ज्ञानु शाह, सूर्यकला बराल कोइराला, सिर्जना गुरुङ, राधा श्रेष्ठको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रबाट समानुपातिकमा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ र माझी राष्ट्रिय मुक्ति मोर्चाकी महासचिव उर्मिला माझीको नाम सिफारिस भएको छ । प्रदेश सभातर्फ सतीमाया तामाङ, शोभा थापा र जुना विकको नाम सिफारिस भएको छ ।

नेपाल समाजवादी पार्टीले शोभा गिरीलाई प्रतिनिधि सभा र रेलकुमारी गुरुङलाई प्रदेशसभामा सिफारिस गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.