१० करोडको लागतमा विद्यालय भवन निर्माण

१० करोडको लागतमा विद्यालय भवन निर्माण

भैरहवा : रुपन्देहीको मर्चवार क्षेत्रमा बृहत् शैक्षिक भवन निर्माण सुरु गरिएको छ। 

लुम्बिनी प्रदेश सरकारले मर्चवारको कोटहीमाई गाउँपालिका-५ मझगावास्थित मर्चवार आदर्श माविमा बहुवर्षीय आयोजना अन्तर्गत भवन निर्माण कार्यलाई अघि बढाएको छ। शुक्रबार लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसीउद्दिन खाँले भवनको शिलान्यास गरे।

आर्थिक वर्ष ०८१/८२ मा सम्पन्न हुने गरी नौ करोड ९९ लाख ९० हजारको लागतमा आयोजना सुरु गरिएको शिक्षा तथा खेलकुद मन्त्रीका स्वकीय सचिव अफजल खाँनले बताए। तीन वर्षको समय रहेकाले सोही अनुसार बजेट पनि छुट्टाइएको छ।

चालु आर्थिक वर्ष ०७९/०८० मा भवन निर्माणका लागि सुरुमा एक करोड ५० लाख, दोस्रो वर्षमा पाँच करोड र तेस्रो वर्षमा तीन करोड ४९ लाख ९० हजार रुपैयाँ छुट्टाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँले मर्चवारको समग्र विकासमा आफू लागिपरेको जनाए। उनले रुपन्देही जिल्ला मुलुकमै सुगम जिल्लाको सूचीमा आउने गरेपनि जिल्लाभित्रकै मर्चवार वर्षौदेखि दुर्गम क्षेत्रको सूचीमा रहेकाले आफूले यस क्षेत्रको विकास र नागरिकको जीवनस्तर उकास्नका लागि काम गरिरहेको बताए।

उनले विद्यालयको भवन निर्माण विकास नभएको भन्दै शैक्षिक गुणस्तर सुधार्नका लागि शिक्षक र विद्यालय व्यवस्थापन समितीले अ-आफ्नो दायित्व निर्वाह गर्न निर्देशन दिए।

उनले आफूले आफ्नो क्षेत्रमा थुप्रै योजनाहरू सञ्चालन गर्न लगाएको भन्दै अगामी दिनमा पनि सबै क्षेत्रमा समानान्तर रूपमा विकास गरिने बताए। 

उनले मर्चवार चक्रपथ निर्माणको योजना, प्राविधिक शिक्षालय, कन्या विद्यालय लगायत योजनाहरू पाइपलाइनमा रहेकाले छिट्टै सञ्चालन गरिने बताए। 

मर्चवार क्षेत्रमा प्राविधिक शिक्षालय निर्माणका लागि मन्त्रालय अग्रसर रहेपनि जग्गाको अभावका कारण योजना सञ्चालनमा ढिलाई भइरहेको उनले बताए।

'मर्चवार विकासका लागि वर्षौदेखि लागेको छु र सरकारमा रहेकाले क्रमशः जनताको इच्छा तथा आकांक्षाअनुसार काम गरिरहेको छु'' उनले भने, 'मर्चवारलाई अझै विकासको खाँचो छ जुन अगामी दिनहरूमा पूरा गर्दै जाने छु।'

लुम्बिनी प्रदेशका योजना आयोग उपाध्यक्ष बामदेव क्षेत्रीले मर्चवार ऐतिहासिक महत्व बोकेको क्षेत्र भएको जनाउँदै यहाँको विकास विशेष ध्यान दिइने बताए। 

उनले १० करोडको लागतमा भवन निर्माण भएपनि शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक र विद्यालय व्यवस्थापन समिति लाग्नुपर्ने बताए। 

उनले मर्चवारलाई कृषि सहरका रूपमा योजना प्रस्तुत गर्ने तयारीमा लाग्ने भन्दै योजना आयोगले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताए।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विरेन्द्र कुमार श्रीवास्तवले विगतमा कयौं पटक विद्यालयको भवन निर्माणका लागि कागजमा शिलान्यास गरेर जनता भ्रमित पार्दै आएपनि यस पटक मन्त्री खाँको पहलमा जग्गामै शिलान्यास गरिएकामा आभार प्रकट गरे। 

२०७४ निर्वाचनमा मर्चवारका जनताले सही निर्णय लिएकाले वर्तमान समयमा मर्चवारमा विकास देख्न सकिएको भन्दै सरकार र मन्त्रीको प्रशंसा गरे।

मर्चवार रुपन्देहीको विकट क्षेत्र मानिन्छ। मन्त्री वसिउद्दीनले मातहत र प्रदेशका अन्य मन्त्रालयमार्फत मर्चवारमा विकासका थुप्रै योजना ल्याएका छन्। 

लुम्बिनी प्रदेशको शिक्षा तथा खेलुकद मन्त्रालयका शिक्षा महाशाखाका प्रमुख मनोज गैरेले मर्चवार शिक्षासगँ अन्य थुप्रै क्षेत्रमा पिछडिएकाले मर्चवारलाई लक्षित गरी मन्त्रालयले धेरै काम गरेको बताए। 

उनले शिक्षाको कुल बजेटको १०/१५ प्रतिशत बजेट मर्चवारमा विभिन्न कार्यक्रम/योजना सञ्चालनका लागि छुट्टाइएको बताए।

यस्तै मन्त्री खाँले शुक्रबार कोटहीमाई गाउँपालिका-७ भंगहियास्थित मदरसा मदिनतुल इस्लाम अल सल्फियामा भवनको पनि उद्घाटन तथा शिलान्यास गरेका छन्। 

करिब दुई हजार आठ सय विद्यार्थी अध्यायन गर्ने उक्त मदरसाको २५ लाख रुपैयाँको लागतमा भवन निर्माण सुरु गरिएको छ।

त्यस्तै विद्यार्थीहरूलाई विज्ञान संग्रालयको अभावमा अध्ययनमा समस्या भएपछि मन्त्री खाँले सियारी गाउँपालिका-४ छपियास्थित पब्लिक माविमा दश करोड रुपैयाँको लागतमा विज्ञान संग्रालय र भवनको शिलायान्स गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.