हामी निर्वाचनको बेलामा मात्र अनुहार देखाउने होइनौँ : गोकर्ण विष्ट

हामी निर्वाचनको बेलामा मात्र अनुहार देखाउने होइनौँ : गोकर्ण विष्ट

गुल्मी : निर्वाचनमा जित्दा होस् वा हार्दा जुनसुकै बेला पनि आफू जनताको बीचमा भइरहेको गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले बताएका छन्। 

चुनावी भेटघाटका क्रममा मदाने गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै विष्टले आफूले राजनीति गर्दासम्म सदैव जनताको हितमा काम गरिरहने प्रतिवद्धता सुनाए।

२०६४ को निर्वाचनमा चुनाव हार्दा पनि सदैव जनताको बीचमा र जनताकै हितमा आफूले काम गरेको उनले सुनाए। 

'हामीलाई एक दुई महिना जनताको बीचमा आएर अनुहार देखाएर राजनीति गर्नु छैन', विष्टले भने, 'कतिपय मानिसहरू एक दुई महिना गाउँमा आएर धेरै कुराले भ्रम फिज्याउँन सक्छन्, चुनावको बेलामा मात्र गाउँ झुल्कने नेताहरूसित सजग रहनुहोला।'

विष्टले गठबन्धनबाट उम्मेदवार बनेकी समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई लक्षित गर्दै 'नमच्चिने पिङको सय झट्का'को संज्ञा दिए। विष्टले मदाने गाउँपालिकासहित समग्र गुल्मीमा भएको विकास निर्माणमा आफूहरूको योगदान र पसिना मिसिएको बताए।

२०७४ सालको निर्वाचनमा १५ हजार मतान्तरले चुनाव जितेको स्मरण गर्दै विष्टले यसपाली अझ धेरै मतान्तरले चुनाव जित्ने समेत ठोकुवा गरे।

विष्टले आफू जनताको सेवक, सिपाही र जनताकै कारिन्दा भएको समेत सुनाए। दुर्गम भनेर चिनिने गुल्मी क्षेत्र नम्बर २ लाई सुगम बनाउन धेरै मेहनत गर्नुपरेको विष्टको भनाइ छ। 

उनले अघिल्लो निर्वाचनमा मदाने गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउने भनेर गरिएको प्रतिवद्धता पूरा भएको र अहिले काम भइरहेको जानकारी गराए। डाक्टर सहितको अस्पतालका लागि साढे १८ करोड बजेट विनियोजन भएर काम भइरहेको उनले सुनाए। 

यस क्षेत्रको मुहार बदल्ने गरी २ अर्ब ४३ करोड लागतमा मदन भण्डारी राजमार्ग टेण्डर भई निर्माणको चरणमा रहेको समेत विष्टले जानकारी गराए। 

विष्टले गुल्मीका दुर्गम गाउँका नागरिकहरूले एक/दुई हजार नभएर उपचारबाट बञ्चित हुनुपरेको पीडालाई सम्बोधन गर्ने गरी पार्टी सरकारमा हुँदा र आफू मन्त्री हुँदा प्रत्येक नागरिकलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार निःशुल्क गर्ने नीतिगत व्यवस्था गरिएको स्मरण सुनाए। 

आफू ऊर्जा मन्त्री भएको बेला गुल्मीका दुर्गम गाउँहरू समेत अहिले झिलिमिली भएको विष्टको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.