एमालेका पूर्व वडाध्यक्षसहित सय बढी कांग्रेसमा प्रवेश
भैरहवा : नेकपा एमालेका पूर्व वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
साविक टिकुलिगढ गाविस-७ बाट २०५४ मा वडा अध्यक्षमा निर्वाचित होम शंकर भट्टराई कांग्रेसमा प्रवेश गरेका हुन्।
पाँच दलीय गठबन्धद्वारा तिलोत्तमा नगरपालिका-१४ टिकुलिगढमा आयोजित कार्यक्रममा उनले एमालेलाइ जिताएर जनचाहनाअनुसार काम गर्न नसको र अब मुलुकको विकासका लागि कांग्रेसको विकल्प नभएको बताए।
सोही कार्यक्रममा एमाले नेता तार प्रसाद छन्तेल, पूर्व खेलाडी राजु लामासहित एक सयभन्दा बढी पार्टीमा प्रवेश गरेको रुपन्देही कांग्रेसले जनाएको छ। प्रवेश गर्नेहरू उक्त क्षेत्रका लोकप्रिय व्यक्तिहरू हुन।
नवप्रवेशीहरूलाई स्वागत गर्दै पाँच दलीय गठबन्धन रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाणले मुलुकको हितका लागि गठबन्धन बनेको उल्लेख गर्दै निर्वाचन पछि पनि गठबन्धनको सरकार बन्ने बताए।
प्रतिक्रिया दिनुहोस !