इलाम कांग्रेसका हजार टोल इकाई परिचालन

इलाम कांग्रेसका हजार टोल इकाई परिचालन

इलामः नेपाली कांग्रेस इलामले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफ्ना हजार भन्दा बढी टोल इकाईलाई परिचालन गरेको छ । 
नेपाली कांग्रेस इलामका कार्यवाहक सभापति खगेन्द्र देवानका अनुसार निर्वाचन लक्षित योजनासहित टोल इकाईहरुलाई परिचालन गरिएको हो । 

कांग्रेसको विधान अनुसार जिल्ला तहमा टोल इकाई, वडा समिति, पालिका समिति, प्रदेश सभा क्षेत्रीय समिति, क्षेत्रीय समिति र जिल्ला समिति रहने व्यवस्था छ । भुगोलमै रहेको टोल समितिसहित कांग्रेसका सबै इकाई अहिले निर्वाचनमा होमिएको उनले बताए । 

इलाममा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनका साझा उम्मेदवार चुनावी मैदानमा छन् । देवानले भने, ‘गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस सम्पूर्ण रुपले लागेको छ ।’

कांग्रेस नेता भेषराज आचार्यले पनि नेपाली कांग्रेस एक ढिक्का भएर चुनावी मैदानमा उत्रिएको बताए । उनले गठबन्धनका सबै उम्मेदवारले विजय हासील गर्ने दावी गरे । इलामको दुबै क्षेत्रमा गठबन्धनको घटक नेपाली कांग्रेसका मतदाताको सघन मत रहेको स्थानीय तहको निर्वाचन परिणमले देखाएको छ । आचार्यले भने, ‘गठबन्धनका सबै उम्मेदवारलाई यस पटक विजयको माला लगाउने तयारी सहित चुनावी मैदानमा छौं ।’

गठबन्धनका तर्फबाट इलाम क्षेत्र १ प्रतिनिधि सभामा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनाल चुनावी मैदानमा छन् । त्यहाँ एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत, स्वतन्त्र उम्मेद्धवार विक्रम पाण्डे , जनता समाजवादीका कमलकुमार राई, नेपाली कांग्रेस (बिपी)का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बू तथा स्वतन्त्र उम्मेदवारद्वय निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मीको उम्मेदवारी छ ।

प्रदेश सभाका लागि इलाम क्षेत्र न १ (१) मा गठबन्धनका तर्फबाट खिनु लङ्वा लिम्बु र नेकपा एमालेकी सोभा पराजुली सहित चुनावी मैदानमा छन् । क्षेत्र १(२)मा गठबन्धनका समशेर राई र एमालेका दिपक थेवे सहित चुनावी मैदानमा छन् । 

इलाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्का र एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन् । उनले यो क्षेत्रमा २०५६ सालयताका सबै संसदीय र संविधानसभा निर्वाचन जितेका छन्। आउँदो निर्वाचनमा पनि नेम्बाङ र गठबन्धनका उम्मेदवार खड्काबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन धेरै मतदाताको छ ।  

राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली कांग्रेस (बिपी) का डाकप्रसाद गौतम, स्वतन्त्र उम्मेदवार जुनु माखिम लगायत १४ उम्मेदवार प्रतिनिधिसभा क्षेत्र २ को चुनावी मैदानमा छन् । प्रदेश सभाका लागि इलाम क्षेत्र नं २ (१) बाट नेपाली कांग्रेस पूर्व क्षेत्रीय सभापति तथा प्रदेश कार्यसमिति सदस्य गोविन्द गिरी र  नेकपा एमाले प्रदेश सदस्य एवम जिल्ला समन्वय समिति इलामका निवर्तमान प्रमुख गणेश बराल लगायत चुनावी मैदानमा छन् । इलाम क्षेत्र नं २ (२) बाट माओवादी केन्द्र इलाम सहइन्चार्ज तथा प्रदेश सदस्य हर्क लावती कान्छा र नेकपा एमाले इलामका निर्वतमान अध्यक्ष एवम पुर्व कृषिमन्त्री राम राना लगायत चुनावी मैदानमा छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.