चुनावी सभामा पुगेका विरोध खतिवडामाथि हातपात
हेटौंडा : एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि मंगलबार दिउँसो हातपात भएको छ।
उनी मकवानपुर-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। जिल्लाको मनहरी गाउँपालिका-४ मसिनेमा चुनावी सभामा जाने क्रममा उनलाई ५० वर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लने बित्तिकै दुई झापट हानेको खड्काले प्रहरीलाई बताएका छन्।
खड्कालाई इलाका प्रहरी कार्यालय नेवारपानीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर पुर्याएको छ।
उनलाई उम्मेदवारमाथि अभद्र व्यवहार मुद्दा चलाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !