बाजुरामा विरासत फर्काउने  र साख जोगाउने दाउमा थापा र पाण्डे

बाजुरामा विरासत फर्काउने  र साख जोगाउने दाउमा थापा र पाण्डे

बाजुरा : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। 

एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका प्रभावशाली नेता प्रतिनिधिसभाका उम्मेदवार बनेका छन्। 

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

दुबैका लागि जित उत्सव र अवसर हुनेछ।

सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभातर्फका १६ वटा निर्वाचन क्षेत्रमध्ये कैलाली ४ पछिको रोचक भिडन्त बाजुरामा हुने देखिन्छ। कैलाली ४ मा एमाले सचिव लेखराज भट्ट र कांग्रेस प्रदेश समिति सभापति वीरबहादुर बलायरबीच चुनावी प्रतिस्पर्धा छ। 

पाण्डे गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन् भने थापा एमालेका उम्मेदवार । थापा योसहित चौथो पटक चुनाव लड्दैछन्। पाण्डेको पहिलो प्रतिस्पर्धा हो। संविधानसभा सदस्य र राष्ट्रियसभा सदस्य बनेको अनुभव भएपनि पाण्डेसँग प्रत्यक्ष चुनाव लडेको यो नै पहिलो अनुभव हुनेछ।

थापासँग २०५६, २०६४ र २०७० को चुनाव लडेको अनुभव छ। तीमध्ये थापाले २०७० को संविधानसभाको चुनाव मात्रै जितेका थिए। त्यो बेला थापाले नेपाली कांग्रेसका सभापति मनबहादुर रावतलाई पराजित गरेका थिए। २०५६ मा पार्टी विभाजन र २०६४ मा भने पार्टीभित्रकै अन्तरद्वन्द्वका कारण चुनाव हारेको थापा बताउँछन्।

सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभातर्फका १६ वटा निर्वाचन क्षेत्रमध्ये कैलाली ४ पछिको रोचक भिडन्त बाजुरामा हुने देखिन्छ। कैलाली ४ मा एमाले सचिव लेखराज भट्ट र कांग्रेस प्रदेश समिति सभापति वीरबहादुर बलायरबीच चुनावी प्रतिस्पर्धा छ। 

प्रजातन्त्रको पुनरबहालीपछि भएका चुनावमा कांग्रेस र एमालेले बाजुरामा जितेको इतिहास छ। २०४८, २०५६, २०७४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने २०५१, २०७० र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए। एकपटक जितेर संसद बनेका थापा उद्योग मन्त्री बनेका थिए भने पाण्डे दुईपटक सांसद बनेपनि मन्त्री हुने अवसर पाएका छैनन्।

थापा र पाण्डे दुवैजना राजनीति विरासत र केन्द्रीय राजनीतिमा राम्रो प्रभाव राख्ने नेतामा गनिन्छन् । स्थानीय तहको परिणाम हेर्दा एमालेलाई जित्न सहज भएपनि गठबन्धनको इमान्दार मत पाण्डेलाई गए थापाले हारको स्थिति व्यहोर्न बेर लाग्दैन।

स्थानीय निकाय निर्वाचन २०४८ मा कांग्रेसले बहुमत गाविस जिते पनि २०५४ मा एमालेले जितेको थियो। २०७४ मा भएको स्थानीय तह निर्वाचनमा ९ मध्ये ६ स्थानीय तहमा कांग्रेस र तीनमा एमालेले जितेको थियो। २०७९ मा आई पुग्दा भने ठिक उल्टो भएको छ। बाजुराका ९ स्थानीय तहमध्ये ६ स्थानीयमा एमालेले जितेको छ भने कांग्रेस तीनमा खुम्चिएको छ।

थापा र पाण्डे दुवैजना राजनीति विरासत र केन्द्रीय राजनीतिमा राम्रो प्रभाव राख्ने नेतामा गनिन्छन् । स्थानीय तहको परिणाम हेर्दा एमालेलाई जित्न सहज भएपनि गठबन्धनको इमान्दार मत पाण्डेलाई गए थापाले हारको स्थिति व्यहोर्न बेर लाग्दैन।

दुबै जनाबीच राजनीतिभन्दा बढी व्यवहारिक सम्बन्ध भएका उम्मेदवारको चुनावी प्रतिस्पर्धाले भने वैचारिक लडाइका लागि मैदानमा भिडाएको छ। १८ वर्षको उमेरमै वाल्मिकी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ समिति सदस्य पाण्डे २०४८ सालमै कांग्रेसको चुनावी प्रचारप्रसारमा होमिएका थिए।

यता, थापा पनि २०४८ सालमै नेपाल ल क्याम्पसको स्ववियु सभापति भइसकेका थिए। उनी २०४८ कै निर्वाचनदेखि संगठन विस्तार र चुनावी प्रचार अभियानमा सक्रिय थिए। सक्रियता, सम्बन्ध र संगठनका हिसाबमा थापा बलियाउम्मेदवार हुन्। थापा जिल्लामा राम्रो छाप छोडेका नेताका रुपमा चिनिन्छन्।

पाण्डे केन्द्रीय राजनीतिमा हाबी देखिए पनि जिल्लामा अपेक्षाअनुसारको संगठनात्मक समर्थन देखिदैन। तर, कांग्रेसकै केन्द्रीय पदाधिकारी भएपछि पाण्डेलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ। राजा र पञ्च विरुद्धमा लडेका दुवैजनाले लोकतन्त्र प्राप्तिका लागि पनि योगदान पुर्‍याएका छन्। थापा भीम रावल र लेखराज भट्टपछि सिंगो प्रदेशकै निर्विकल्प नेता हुन्। पाण्डे पनि देउवा पछिका एनपी साउँद र रमेश लेखककै हैसियतमा आफ्नो छवी बनाएका छन्।

जिल्लाका लागि दुवैजना रोजाइका पात्र हुन्।  

स्थानीय तह निर्वाचन -२०७९ को वडा तहको जनमत हेर्दा समाजवादी पार्टी निकै कमजोर देखिएको छ। ९ पालिका र ६९ वडामध्ये कुनैमा पनि समाजवादीले जित हासिल गर्न सकेन।  माओवादीले भने ४ वडामा आफ्नो जित निकालेको छ।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन हुँदा एमालेका उम्मेदवार थापाले २८०६५ मत ल्याएर विजय हासिल गरेका थिए। यसपाली प्रदेशसभा (ख) को उम्मेदवार छन्। कांग्रेसका उम्मेदवार कविराज पण्डितले २३१८१ मत ल्याएका थिए। 

स्थानीय तह निर्वाचन -२०७९ को वडा तहको जनमत हेर्दा समाजवादी पार्टी निकै कमजोर देखिएको छ। ९ पालिका र ६९ वडामध्ये कुनैमा पनि समाजवादीले जित हासिल गर्न सकेन।  माओवादीले भने ४ वडामा आफ्नो जित निकालेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदा माओवादी केन्द्रले ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मतपाएको छ। कांग्रेस एमालेपछि दोस्रो दल बनेको छ। नेपाली कांग्रेसले २४ हजार ४ सय ५७ मत पाएको छ। बाजुरामा सबैभन्दा ठूलो दल एमालेले २७ हजार ६५५ मत ल्याएको छ।

बाजुरामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सय ७२ मत र स्वतन्त्रतर्फका उम्मेदवारहरुले ५ सय ८४ मत ल्याएका थिए।

गठबन्धन हुँदा पनि पहिलो बनेको एमालेले संघ र प्रदेशसभाको निर्वाचनमा जित्ने दाबी गरिरहेको छ। 

आसन्न निर्वाचनका लागि जनता पार्टीबाट रामबहादुर शाही, राप्रपाबाट जंगकुमार गिरी र स्वतन्त्रबाट टेक बडुवाल उम्मेदवार छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.