लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बालाई स्वतन्त्रका धर्म केसीको चुनौती

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बालाई स्वतन्त्रका धर्म केसीको चुनौती

बेंसीसहर : लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रका ‘हेबीवेट’नेताको भिडन्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनौती बनेर उभिएका छन् । 

पुराना पार्टीका केही परम्परागत मतदातालाई आफूतिर आकर्षण गर्दै ‘घण्टी’चुनाव चिन्हका स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसी ठूला पार्टीका उम्मेदारप्रति चुनौती बनेका हुन् । 

गत स्थानीय तहको मतपरिणाम हेर्दा जिल्लामा सत्ता गठबन्धन र एमालेको मत बराबरीको हाराहारीमा छ । एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको लमजुङमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ र नेकपा (एमाले) बाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिष्प्रधामा छन् । यी दुई नेतासँगै अन्य साना पार्टी र स्वतन्त्रबाट थप ७ जना उम्मेदवार प्रतिष्पर्धामा छन्।

जनता समाजवादी पार्टीका नरेन्द्रबहादुर गुरुङ र नेपाली कांग्रेस (वीपी) का उम्मेदवार डा. लक्ष्मीकान्त पौडेलले देवप्रसाद गुरुङलाई समर्थन गरिसकेका छन् । राप्रपा, राप्रपा नेपाल, नेमाकिपासहितका ७ उम्मेदवार अझै कायमै छन् । यीमध्ये रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसीले प्राप्त गर्ने मतले भने गुरुङद्वयको भविष्य निर्धारण गर्ने मतदाताहरुको बुझाइ छ । 

देव गुरुङलाई चुनाव जित्न गठबन्धन दलको सबै मत सुरक्षित गर्नुपर्ने हुन्छ । गठबन्धनमध्ये कांग्रेसको मात्र सबै मत ‘ट्रान्सफर’हुन नसके गुरुङका लागि खतराको संकेत हुनसक्छ । एमालेका पृथ्वीसुब्बालाई पनि एमालेको सबै मत सुरक्षित गर्न नसके उस्तै खतरा छ ।

०७४ को निर्वाचनमा पनि स्वतन्त्र र साना दलका उम्मेदवार थिए । त्यतिबेला चर्चामा रहेको विवेकशिल साझा पार्टीका उम्मेदवार निर्देश सिलवालले ६ सय १८ मात्र मत ल्याए । त्यतिबेलाका चर्चित स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले ७ सय ३२ मत ल्याए । चुनावको अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका जनसमाजवादी पार्टीका निराजन कुंवरले १ हजार ४ सय ६ मत ल्याएका थिए । यीमध्ये अहिले कुंवर देव गुरुङतिर र मिश्र पृथ्वीसुब्बातिर लागेका छन् । सिलवाल काठमाडौं–६ मा स्वतन्त्र उठेका छन् । 

अघिल्लो चुनावभन्दा यसपटक स्वतन्त्र र नयाँ अनुहारप्रति मतदाताले चासो राखेको पाइन्छ । त्यसैले स्वतन्त्र पार्टीका केसीले ठूला दलले अपेक्षा गरेभन्दा बढी मत ल्याउने मतदाताहरुको बुझाइ छ । उनले आफ्नो प्रचारलाई पनि तीव्र बनाउँदै लगेका छन् । उनको वरिपरी देखिएको भीडले पनि परम्परागत पार्टीको मत काट्ने अनुमान लगाउन सकिन्छ । विशेषगरी कांग्रेस र एमालेभित्र असन्तुष्ट रहेकाहरुको मत केसीले लैजाने अनुमान छ ।

चार नगरपालिका र चार गाउँपालिका रहेको यस जिल्लामा गत स्थानीय तह निर्वाचनमा एक लाख ३१ हजार चार सय ९४ मतदाता रहेका थिए । स्थानीय चुनावपछि २ हजार ६५ मतदाता नयाँ थपिएका छन् । 

विशेषगरी कांग्रेसभित्र रहेका द्वन्द्वपीडित र असन्तुष्ट समूह केसीको पक्ष खुलेको देखिन्छ । एमालेमा पनि ‘पटक–पटक एउटै नेता ?’ भन्ने केही मतदाताको मन केसीतिरै छ । भलै उनले कांग्रेस या एमाले कसको मत बढी काट्छन, यसले गुरुङद्धयको भविष्य निर्धारण गर्ने अनुमान छ । ‘चुनाव प्रचारको क्रममा मतदाताले पुराना दलबाट मत परिवर्तन गर्ने आश्वासन पाएको छु,' केसीले भने, ‘सबै पालिकाका गाउँमा घुम्दा उत्साहित छु ।’

उनी उत्साहित बनेपनि यसैपटक ठूला दलका उम्मेदवार लडाउने सम्भावना देखिदैन, बरु चुनौती भने बन्नेछन् । 

देव गुरुङलाई चुनाव जित्न गठबन्धन दलको सबै मत सुरक्षित गर्नुपर्ने हुन्छ । गठबन्धनमध्ये कांग्रेसको मात्र सबै मत ‘ट्रान्सफर’हुन नसके गुरुङका लागि खतराको संकेत हुनसक्छ । एमालेका पृथ्वीसुब्बालाई पनि एमालेको सबै मत सुरक्षित गर्न नसके उस्तै खतरा छ । यी दुवै जोखिमकाबीच आफ्नो कुनै संगठन नै नभएका स्वतन्त्रका केसीको मत काट्ने संकेतले गुरुङद्धयलाई चुनौती थपिको छ ।  

चार नगरपालिका र चार गाउँपालिका रहेको यस जिल्लामा गत स्थानीय तह निर्वाचनमा एक लाख ३१ हजार चार सय ९४ मतदाता रहेका थिए । स्थानीय चुनावपछि २ हजार ६५ मतदाता नयाँ थपिएका छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका टकबहादुर गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ्ग गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले प्रतिस्पर्धा गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.