गोरखामा मैले, तनहुँमा पौडेल र लमजुङमा गुरुङले जिते मनाङसम्मको विकास हुन्छ : प्रचण्ड

गोरखामा मैले, तनहुँमा पौडेल र लमजुङमा गुरुङले जिते मनाङसम्मको विकास हुन्छ : प्रचण्ड

बेंसीसहर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले निर्वाचनपछि गठबन्धनको सरकार बन्ने वित्तिकै द्वन्द्वपीडितको मुद्दा सम्बोधन हुने बताएका छन्।

लमजुङको राइनास नगरपालिकाको सातविसेमा सोमबार भएको गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युद्धपीडितका परिवारलाई राहत र परिपुरणका कार्यक्रमसहितको विधयेक पारित गर्ने विश्वास दिलाए । 

‘म यहाँहरुलाई पुरै विश्वासको साथ र गम्भीरताका साथ भन्न चाहन्छु । गठबन्धनको भावी सरकार बन्ने वित्तिकै पहिलो काम युद्ध पीडितको मुद्दा सम्बोधन हुनेछ,' प्रचण्डले भने, '  मैले भनेअनुसार सबैलाई समान व्यवहार गर्ने विधयेक पारित गरिनेछ ।’ 

हिजोका घाउहरुलाई मलमपट्टी लगाउने, उनका परिवारलाई राहत, परिपुरणका कार्यक्रमसँगै सम्मान र परिचयपत्रको व्यवस्था गरिने उनले बताए । 

अध्यक्ष प्रचण्डले आफू गोरखामा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा र लमजुङमा देव गुरुङले जितेर गोरखा, तनहुँ, लमजुङ र मनाङसम्मको विकासमा टेवा दिने बताए । 

सोहि कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा राजनीतिक क्रान्ति पूरा भएकाले अबको बाटो विकास र सम्वृद्धिको हुनुपर्नेमा जोड दिए । उनले वर्तमान संविधानको रक्षा गर्दै यसकै आधारमा विकासको गति दिन गठबन्धन आवश्यक रहेको औंलाए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले मध्यपहाडी र डुम्रे, बेंसीसहरहुँदै मनाङसम्मको सडक स्तरवृद्धि गरी जिल्लाको विकासलाई अघि बढाउने प्रतिवद्धता जनाए ।

प्रदेशसभा सदस्य उम्मेदवार एवं नेपाली कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङले जिल्लाको विकास निर्माणलाई गति दिन गठबन्धनको विजय हुन आवश्यक रहको औंल्याए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.