कृषिबाट समृद्धि ल्याउँछु: पिताम्बर महतो

कृषिबाट समृद्धि ल्याउँछु: पिताम्बर महतो

महोत्तरी: पिताम्बर महतो सत्ता गठबन्धनबाट महोत्तरी-१(क)का साझा उम्मेदवार हुन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता महतोले जल र जमिनको उपयोग गरी आफ्नो क्षेत्रलाई समृद्ध बनाउने योजनासहित चुनावी मैदानमा होमिएका छन् । नेता महतोसँग अन्नपूर्णकर्मी गोविन्द महतोले गरेको कुराकानीको सम्पादित अंश:

चुनावी प्रचार कस्तो चल्दैछ ? 
हामी प्रचारको अन्तिम समयमा आएका छौँ । घरदैलो अभियान जारी छ । सकेसम्म सबै मतदातासँग पुगेर मत माग्ने काम गरिरहेका छौँ । समय अब थोरै छ । धेरैलाई भेट्नुछ । हामी मत माग्नेसँगै मत कसरी हाल्ने भनेर पनि सिकाउँदैछौँ । 

तपाइँलाई भोट किन दिने? 
यो क्षेत्रको समस्या समाधान गर्न नै म यहाँको उम्मेदवार भएको हो । प्रदेश सभामा गएर प्रदेश सञ्चालनका लागि चाहिने नियम, कानून निर्माणसँगै प्रदेशलाई विकासको गतिमा अघि बढाउने काम गर्नुछ । 

मैले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन विकासका योजना लिएर आएको छु । यी योजनालाई साकार बनाए हाम्रो क्षेत्र र प्रदेश समृद्ध बन्नेछ । त्यसैले मेरा योजना साकार बनाउन मलाई भोट दिनपर्छ । 

मैले मेरो कामको प्राथमिकीकरण गरेको छु । जसअन्तर्गत अघिल्लो जनप्रतिनिधिले गरेको राम्रो कामको निरन्तरता दिन्छु । कृषिमा आधुनिकीकरण, पुर्नजागरण, भूमीको वर्गीकरण, कृषिको पकेट क्षेत्र तय गरी आवश्यक बालीको विकास मेरा एजेण्डामा छन् । मैले हाम्रो क्षेत्रलाई समृद्ध बनाउन कृषिको विकासलाई नै प्राथमिकतामा राखेको छु । मलखाद्यको व्यवस्थापनसहित कृषि उपजको भण्डारण, खेतीयोग्य जग्गामा सिंचाई लगायतको सुविधा जनतालाई दिएर आम्दानीको बाट बढाउने छु । 

विद्यालयलाई पूर्वाधार सम्पन्न प्रविधिमैत्री डिजिटल शैक्षिक प्रविधि, किसाननगरमा प्राकृतिक व्यवस्थापन कलेजमा अध्ययन अध्यापन गराईने विषय मेरो योजनामा राखेको छु । मधेसलाई मरुभुमीकरणबाट बचाउन चूरे वनको संरक्षण, सामूदायिक धनको रुपमा वनलाई अगाडी बढाउने नीति लिनेछु । यी कुरा कार्यान्वयन गर्न जनताले मलाई भोट दिनुहुन्छ भन्नेमा विश्वस्त छु । 

चुनावी अभियानका क्रममा जनताले के भने ?
हामी चुनावी अभियानमा हिँड्दा जनताका धेरै अपेक्षा सुन्यौँ । सबैले पूर्वधारको विकासलाई प्राथमिकतामा राख्नुभएको छ । स्थानीय निकायदेखि प्रदेश वा प्रतिनिधि सभाका जहाँका पनि जनप्रतिनिधिले विकासका काम गर्नुपर्छ भन्ने सोच्नुहुन्छ । जिम्मेवारी अनुसार काम फरक हुन्छ । हामीले उहाँहरूका अपेक्षा पूरा गर्ने काम गर्छौँ ।

जनताले विशेषतः ग्रामीण समस्या मल, खाद्य, सडक, बाटो, पूल, पूलेसा जस्ता समस्याको समाधान खोज्न आग्रह गरेका छन् । मैले सकेसम्म सबैका गुनासा सुनेर समस्या हलको प्रयास गर्छु भनेको छु । 

तपाइँले जनतासँग गरेका प्रतिबद्धता के के हुन् ?
परिवर्तन धेरै भए । तर नागरिकको दैनिकी परिवर्तन भएन । गरिबी बढेको छ । जनतालाई रोजिरोटीकै समस्या छ । जनताको दैनिकी सुधारका लागि मैले काम गर्ने प्रतिबद्धता जनाएको छु । 

यसका लागि कृषिलाई आधुनिकीकरण गरेर आम किसानको आर्थिक विकास गराउन म लाग्नेछु । सीप सिकाउने, उत्पादन र बजार जोड्ने, उत्पादित वस्तुको मूल्य निर्धारण गर्ने लगायतका काममा मेरो भूमिका हुन्छ । 

भौतिक पूर्वाधारको विकासमा पनि काम गर्नेछु । कृषि सडक सञ्जाल, गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, शुद्ध खानेपानी जस्ता आधारभुत आवश्यकता पूरा गर्न म लागि पर्छु । यी कामका लागि मतदाताले मलाई मत दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.