बिजुली बेचेरै देशलाई धनी बनाउछौं : प्रधानमन्त्री देउवा

बिजुली बेचेरै देशलाई धनी बनाउछौं : प्रधानमन्त्री देउवा

अछाम : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारले जिते मात्र मुलकमा स्थायित्व आउने बताएका छन्। 

बिहीबार अछामको चौरपाटी गाउँपालिकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले गठबन्धनको सरकारले मुलकमा विकासको लहर ल्याउने भन्दै सुदूरपश्चिममा निर्माणधीन रहेका ठुल्ठुला जलविद्युत् आयोजनाहरू सम्पन्न गरी बिजुली बेचेर मुलकलाई सम्पन्न र समृद्ध बनाउने दाबी गरे। 

प्रधानमन्त्री देउवाले पञ्चेश्वर र पश्चिम सेती जलविद्युत् आयोजनाको भारतीय कम्पनीसँग सम्झौता भएको भन्दै भारत नेपालमा बिजुली खरिद गर्न सहमत भएको र भारतलाई वर्षको डेढ अर्बमा बिजुली निर्यात गरिने बताए। 

उनले भने, ‘हाम्रो देश जनस्रोतको धनी देश हो ठुला ठुला नदीनालाहरू छन्, बिजुली उत्पादन गरेर हामीले बिजुली बेच्ने भारतलाई नै हो त्यसैले भारतले वर्षका डेढ अर्बको बिजुली किन्ने सहमति भइसकेको छ। बिजुली बेचेर मुलकलाई हामी सम्पन्न, धनी राष्ट्र बनाउछौं। यो तब मात्र सम्भव छ जब गठबन्धनको सरकार बन्छ।’ 

गठबन्धन आइसकेपछि मुलकमा वैदेशिक लगानी समेत बढेको भन्दै देउवाले मुलुकबाट गरिबी हटाउने बताए। जनमतको उपहास गर्दै केपी  ओली सरकारले संसद विघटन गरेर जनमतको उपहास गरेको भन्दै अब यो निर्वाचनमा त्यस्ता तत्वहरूलाई पाखा लगाउन जरुरी रहेको बताए। 

उनले सेती राजमार्गको कामले अब गति लिने समेत दाबी गरे। प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा कात्तिक २२ गते गएको भूकम्पले गरेको क्षति प्रति दुःख प्रकट गर्दै सरकारले राहत उपलब्ध गराउने र भूकम्पमा परी ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गरे। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.