राजा जयपृथ्वी चिनजाने झैं

राजा जयपृथ्वी चिनजाने झैं

चिनेजाने झैं शब्द। अनेकार्थी लाग्छ। अनेकार्थीले धेरै अर्थ बोधक बढाउँछ। चिनेकाले सशरीर देखेको, भेटेको जनाउँछ। जानेको कसैले लेखेको पढेर, वर्णन गरेको सुनेर बोधक हुन्छ। राजा साहेबका स्वहस्त लेखनीबाट लेखिएका रचना हेरी–पढी जानेको। केही आफैं मामाहरूका  वचनामृत पान गरेर विश्वस्त भएको। बिरलैका सौभाग्य पाएको चेत यो। 

जेठो मामा स्व. विश्वबहादुर मल्ल। राजा जयपृथ्वीबहादुर सिंह बझाङका राजा। त्यसबेलाका जमानामा देशका विभिन्न ठाउँ–पहाड, हिमवत् खण्ड, तराई–मधेस, खोच, बेंसी राजा रजौटाहरूले शासन चलाउने व्यवस्था थियो। पृथ्वीनारायण शाहले त्यस्ता सबै सानातिना स्थानीय शासनलाई एकै नेपालभूमि कायम गरे। एकीकरणको मूलधार यही। ससाना ती असंगठित राज्यलाई जित्दै आफ्ना मातहतमा ल्याउने सहज बन्यो, पृथ्वीनारायण शाहलाई। तथापि बझाङ, डोटी, ताप्लेजुङ, लिम्बुवान्जस्ता सुवांगी खुवाहरू कायमै राखे। स्थानीय व्यवस्थापन चलाए। 

पृथ्वीनारायण र शाहवंशको शासकीय चतुर्‍याइँ हेरिए। कतिपय पुराना पौराणिक÷ऐतिहासिक सन्दर्भहरू परिमार्जनसहित अध्यावधिक गर्न सकिँदो रहेछ। इतिहासले इंगित गर्छ। इतिहास मौन संकेत गर्छ। संकेत सूचक सचेतना बुझ्नु नवयुगको दायित्व।

सही सलामत व्याख्या विश्लेषण नवयुगको थाप्लोका नाम्लो। नवयुगका संवाहक हामी आफैंं। हामी आफैं भन्नु पुस्तानपुस्ती सन्तान दरसन्तान। क्रम यो बन्दै बढ्दै गर्छ। तर युगानुकूल समयसापेक्ष तवरले। हाम्रा वर्तमा पुरानिन्छ। इतिहासको पृष्ठपोषण गर्छ, बन्छ। शाश्वत सत्य। पहिले पनि चले–भए। अबको क्रम पनि।

ज्ञान साँघुरिँदो बन्छ– बुझाइ फराकिँदै जाँदा। जति बुझ्यो उति नै बुझ्ने प्यासले तृष्णा जगाउँदो रैछ। स्वादले पल्काउँदो रैछ। राजा जयपृथ्वीबहादुर सिंह दिवंगत भइसके। सशरीर संसारमा विचरण गर्दैंनन्। अन्तरिक्षमा विचरण गर्छन्।

दिवंगत आत्मा सौर्यमण्डल अतिरिक्त अनन्त अन्य लोकहरूमा नि विचरण गर्दा हुन्। यस पृथ्वी मण्डलमा स्वास फेरेर अन्यान्य ग्रहका चर्चा गर्न काल्पनिक बन्छ। केवल। फगत परन्तु राजा सहदेवका चिन्तन धाराका सापेक्ष साहित्य हामी माझ छन्, उनका चिन्तन धारबाट अनुप्राणित जीवन दर्शनद्वारा अभिप्रेरित छौं।

तिनै चिन्तनधारले अभिसिञ्चित हामी। श्रद्धासुमन अर्पण गछौं। श्रद्धाञ्जलि चढाउँछौ। लोकाचार स्वरूप। स्वरूप हाम्रै धारणाका धारणा संस्कार अनुरूप बन्छ। संस्कार परिवार अनुरूप मातृकोषबाट ढालिन्छ। मातृकोषभित्र वीर्य बल घोलिन्छ। माता पिता दुवैमा आआफैं पुख्र्यौली संस्कार मण्डित रहन्छ। कयौं पुस्ताधारी गुण संस्कार मण्डित भएर आएकै हुन्छ। हामी र हाम्रा शाखा सन्तानभर निःसृत हुँदै आउँदो छ। 

चालै नपाउँदो गरी।

राजा साहेबको रूपाकृति अलि उत्तरी सीमावतीसित मिल्दोजुल्दो। सम्भवतः भौगोलिक पर्यावरणको अदृश्य अन्तरछाप पर्दो हो। सुदूरपश्छिमवर्ती बझाङ बझाङी पिता राजाका बार्य गुण छाप सरेको हुँदो हो सायद। मात्र मनको अठोट।

राजा जयपृथ्वीका पितापुर्खाका रूपाकृति देखिने अवसर कहाँ ? मात्र काल्पनिक अनुमान। कवि–कृतिकारहरू कल्पनाका तालतलैयामा शयर गर्छन्। पाठकबृन्द पढ्दै आनन्द विभोर हुन्छन्। साझा अनुभूति यो। आपसमा अनुरक्तिनु मानवीय सम्पदा। सच्चा सुख स्रोत यही न हो।

आर्थिक युगको यस लोकको अनुपम उपहार यो। उपहारलाई सौहाद्र्र सम्वरण गर्न सक्दा वरद बन्छ जीवन। नसके हार हुन्छ जीवन। हारेको जीवन उपहासमय...। उपहासमय जीवन नकारात्मक। नकारात्मक जीवन विकारात्मक। विकारात्मक जीवन अस्वस्थ बन्छ।

अस्वस्थ जीवन अकर्मण्य। जीवन पागल सरिबरि मात्र। मानिस कल्पनाशील प्राणी। प्राणवरण गरुन्जेल ऊ कल्पनामा रमाउँछ। कविहरू प्रकृति–पर्यावरणसित रमाउँछ मनज्ञ। ‘त्यसैले महाकवि गुरु लक्ष्मीप्रसाद देवकोटाले उद्बोधन गरे स्वस्थ कल्पनाले कवि बन्छ, अस्वस्थले पागल।’

मानवतावादी दार्शनिक राजा स्वस्थ वैचारिक कल्पना पक्षधारी नेपाली। जन्मजात उनी आजभन्दा १ सय ४६ वर्षपहिले जन्मेका विशुद्ध नेपाली। विलक्षण चिन्तनधारा कुम्ल्याउँदै राजर्षि शान सौकत परित्याग गर्ने हिम्मतका खानी।

बझाङझैं दुर्गम सुदूरपश्छिम प्रदेशका तत्कालीन युवराज स्थानीय निमुखा घर र घाटका जनता रैतानीमा पिल्सिएको असैह्य थियो उनलाई। यस्तो असैह्य पीडा संवेदनशील हृदय र मस्तिष्क चिन्तनधारको मूलबाट फुट्दो रैछ। मानवतावादको अजस्रस्रोत यिनै सम्वेदना। सम्वेदनाबाट फुटेको चिन्तनधार मानवतावादी दर्शन।

अनुगामी यसका जयपृथ्वीबहादुर सिंह कुलघरानकै सिंह। सिंह लम्किन्छ मतापमा लसक्लसक् आफ्नै गतिमा। रफ्तार उनका यस्तै। श्रद्धाका केन्द्र विन्दु भुइँभरि–मस्तिष्कभरिका। यति लिखिल वैभवका अधिपति उनले सन्तति जन्माएनन्। उनका सन्तति पृथ्वी पथका बटुवा  विश्वका निलिख जनमन।

अभिलिखित छैनन् कतै। आफ्नै पिता अनि श्रीमतीका पिता श्री ३ चन्द्रकी छोरी। गर्भाशयबाट जन्मिएका सन्तति मातृसत्तात्मक चिन्तनधारका हुने सम्भावनाका संकुचन त्रास थियो कि ? संकोचको सुविधा ग्रहण गरेछु। क्षमस्व माम्। करजोरी गरें।

राजा जयपृथ्वीबहादुर सिंहले फेलोसिप अफ फेथ संगठनको दोस्रो धार्मिक संगठनको संसद् (पार्लियामेन्ट) दिएका वक्तव्यहरू पढ्ने अवसर जुरेथ्यो। अंग्रेजीमा व्यक्त सम्भावनाहरू। शिष्ट र मिष्ट शैलीका अभिव्यक्तिहरू। मन छुने पगाल्ने। मर्मस्पर्शी। बादेबादे जायते तŒवबोधक। कछुवाले मन्द गतिमै खरायोलाई जिते झैं। थकानबिनाको गति उत्कृष्ट गति।

जयपृथ्वीबहादुर सिंहका स्वर्णिम स्वर्गीय। सन् १९३३ मा सिकागोमा भएको थियो। ८९ वर्षपहिले। मेरो यो जीवन आयुको एक साल अगाडि। चिन्तन चेतन यो बुढ्यौली जाँगरको। यस्तै छ जीवन बेहाइको अनुभूति सुखद व्यहोर्‍याई। जब कल्याण मानवतावादको विश्वव्यापी दर्शन सर्वत्र। दर्शन देख्नु, देख्न सक्नुको पर्यायवाची शब्द। शब्द स्वरग्रन्थीबाट जिस्कने स्वर लहरी। मानकोटिका प्राणी हामी स्वर शब्दका संयोजक।

यसै क्षमताबाट प्रज्वलित मानवीय खुबी प्रयोग गरी वाद्यवादनका अनेकानेक साधनाबाट ध्वनि साधना गर्दछौं। स्वर, मिठास, गम्भीर हर्ष विस्मादका स्वर–ध्वनि विन्यास गर्छन्, वाद्यवादक संगीतज्ञहरू। यी विविध विधान मानव कृत साधना साधन नहुन्... ?

प्रसंगवश राजा साहेबले सन् १९३३ मा सिकागो–अमेरिकामा आयोजित विश्व धर्ममूलक विश्वासप्रतिको निष्ठा वाचा सम्मेलनमा विश्व ब्रह्माका सिर्जना गरेथे। पूर्वीय दर्शन पृथ्वीलाई ‘बह्माण्ड’ संज्ञाले अलंकृत गरेका छन्। ब्रह्म विवेकले स्रोत विवेक ब्रह्मबाटै सारा चिन्तन चेत उद्भव हुन्छ।

केवल आध्यामिक होइन, देह विज्ञानका वैज्ञानिकहरू यस धारणाका अनुयायी छन्। अंग प्रत्यारोपण केन्द्रका चिकित्सक वैज्ञानिक उपचारकहरू देह विसर्जन अवशान केही समय मस्तिष्क जीवित रहने त्यस अवधिभित्र दैविक अंग प्रत्यारोपणका लागि कामयाव रहन्छ। 

वैदिक अंग प्रदान गरी अरूलाई जियाउनु एकापसका पुनर्जन्म हो नै।

भन्छु, पूर्वीय आध्यामिक जीवन दर्शन यो २२औं शताब्दी पुगेर वैज्ञानिक जीवन चर्यामा रूपान्तरित भएछ। आध्यात्मिकता र वैज्ञानिक प्रयोगशालाबीचको यथार्थ हाम्रा प्रत्यक्ष अनुभूति साबितिए छ। दक्षिण भारतको जयभवन बैंगलोर त पूर्वीय जीवन दर्शन र पश्चिमेली चिन्तनको दोभान वेदशाला पो रहेछ।

जयभवन बैंगलोरमा रहेर पनि चन्द्रशमशेरले बेचिसकेका जानकारी पाएँ। त्यो पनि राजा जयपृथ्वी हादुर सिंह प्रतिष्ठानका अध्यक्ष मीनबहादुर सिंहले बताउनु भएछ। त्यसै प्रतिष्ठानले २०५३÷०५४ विक्रम संवत्मा दरबारमार्ग काठमाडौंमा दुई÷तीन चोटि राजा साहेबको सन्दर्भमा शेर्पा होटेलमा गोष्ठी गरेथे। संस्कृति शिरोमणि हरिराम जोशीको अध्यक्षतामा।

त्यसबेला त्यसताका मामा विश्वबहादुर मल्लबाट पाएको राजा जयपृथ्वीबहादुर सिंहको फोटो ब्लक एक मीनबहादुर सिंहलाई सुम्पेथें। २०७९ भदौको ९ गतेतिर नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित गोष्ठीको समाचार अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकबाट जानकारी पाएँ। मीनबहादुर सिंहसित सम्पर्क गरें। यी वृत्तान्त गरें। ब्लक कसले उपलब्ध गरायो ? अन्योलमा थिए। छिट्टै भेटुँला भन्नु भएकाले प्रतीक्षारत छु।

प्रसंगवश राजासाहेवले सिकागो, तेस्रो १९३३ मा अतिथिवक्ता बनेर १० वटा मन्तव्य प्रकट गर्नुभएको थियो। त्यसमाथि थप एक शान्ति गीत आफैंले रचना गरेको पाइएको छ। त्यस रचनाको गाईको एमेरी डार्सी बारिटोन साथ माडम लुसी लिनक्स थिइन्। सबैभन्दा पहिले मनै छुने शान्ति गीत नेपालीमा रूपान्तरित गर्ने अनुमति चाहन्छु :

तथास्तु : 
शान्ति हाम्रा लक्ष्य रहुन्
शान्ति नै हाम्रा गन्तव्य बनून्
शान्ति हामीमा निहीत रहनु
सदाकाल दिगन्त यात्रा सम्मन्। 

शान्ति सदा बहार रहोस्
जीवन हाम्रा ओतप्रोत बनून्
घृणाका दर्दनाक घाऊ
तिरस्कार र द्वन्द्वका चिरा मेटाउन्।

फैलिउन् शान्ति जताजतै 
हरक्षेत्रमा अनि सागर समुद्रमा 
हाम्रा मुटु र मन भरि—भरि
शान्ति सन्देश भरिभराऊ।

शान्तिले निश्प्रयोजन गरुन्
सर्वक्रोध भरेका सोच 
यस प्रयोजनको स्पर्शले 
शुयशजन्य स्नेहले यत्रतत्र। 

शान्ति हाम्रा लक्ष्य रहुन्
शान्ति नै गन्तव्य बनून्

यसै परिप्रेक्ष्यमा राजा जयपृथ्वीबहादुर सिंहका सैद्धान्तिक मूल्य–मान्यतामूलक मन्तव्यहरूमूलक चिन्तनमा प्रबेश गर्न चाहँु। चिन्तन मन–मस्तिष्कका खुलासा। चिन्तन जीवनका भोगाइका अनुभूति ...। तिनैका ठोस स्वरूप सिद्धान्त।

सिद्ध भएका अनुभवका एकमुष्ट सँगालो सिद्धान्त। सिद्ध भएका भोगाइका निचोड सिद्धान्त। सिद्ध भइसकेका मनका दृढ संकल्प सिद्धान्त भन्न मन पराउँछु। सिद्धान्तभित्रका अनेकानेक जिज्ञाशा मन्थन गर्ने क्रमले व्यापक मन्थन प्रक्रियाले जन्माउँछ।

सदाबहारका क्रम यसैबाट प्रजनन हुँदो छ। भइरहन्छ। मीनबहादुर सिंहका प्रगाढ प्रण यतै उन्मुख लाग्छ। उहाँकी सहसाचारी रानी साहिवा अग्ली, हेर्न देख्नलायक चन्द्रशमशेर जबराकी एक्ली छोरी। उहाँको निधन उपरान्त पूर्वीय जीवन दर्शनमा आधारित मूल्य–मान्यता अनुरूप गरिने श्राद्धमा वचपनमा सहभागी बन्ने अवसर जुर्‍यो।

सानै उमेरको सन्दर्भ त्यो। सबै वृत्तान्त कण्ठस्थ रहेन। अन्तिम श्रद्धाञ्जलि पशुपति आर्यघाटमा सम्पन्न भएको झझल्को ताजा छ। श्रद्धाञ्जलि अर्पेको उपलक्ष्यको चिनो टोपी÷शिरपोश 
पाएथें। शिरपोश बाबरलेटखे सजाएको ढाका टोपी मनै लोभ्याउँदो...।

बाबरलेटखले सजाएको ढाका टोपी तत्कालीन साजसज्जा। राजर्षि साजसज्जा। साजसज्जा सौक–ढाँचा। युग बदलेपछि सान सौकत फेरिन्छ। फेरबदलका पहलसितै पहिरन संस्कृति 
फेरिँदो रैछ। यस्ता अनुभूतिका सँगालो उक्लँदो बैंस धन रहेछ भन्छु। राम हुँ।

राजा जयपृथ्वीबहादुर सिंह अंग्रेजी भाषा लेखन, वाचन धारावाही प्रवचनकर्मी हुनुहुन्थ्यो। मेरो जन्म हुनुअगाडि नै सन् १९३३, अगस्ट ८ मा उहाँको सम्मानमा दिनु भएको स्वागत अभिनन्दन 
समारोह भएको सचित्र अभिलेख पढेथें। नितान्त सारगर्भित पाएँ।

संयुक्त राज्य अमेरिका– इलिन्वाय राज्यको सिकागोमा भएको रहेछ। वल्र्ड फेलोसिप अफ फेटसको दोस्रो धार्मिक सांगठनिक संसद् (पार्लियामेन्ट) सिकागो तेस्रो, सन् १९३३ को प्रसंग।
प्रवचनको प्रारम्भिक चरण÷श्री गणेशमै उहाँले मानवतावाद माथिको मेरो दह्रिला धारणा (माइप्रिन्सिपल अफ ह्युमानिज्म) अगस्ट ११, १९३३ ईस्वी संवत्मा अभिव्यक्त गर्नु भएथ्यो। त्यो सिकागोस्थित राष्ट्रिय सञ्चार संस्था (नेसनलबाइ कास्टिङ कम्पनी, सिकागो)ले दिउँसो २ बजे प्रसारण गरेथ्यो। त्यसको सहिसलामत संग्रह उहाँको संग्रहालयमा सुरक्षित हुँदो हो।
उत्तरोत्तरोत्तर अग्रगामी विज्ञान र प्रविधिले सुरक्षित स्तरीय संग्रहालयको रूपरंग भर्न सार्थक बल पुर्‍याएको छ। कथंकदाचित दैवगत त्यसताका प्रत्यक्षदर्शी कुनै चिहानबाट बौरिए।
बाइसौं शताब्दीको वैज्ञानिक स्तरोन्नतिबाट अति नै प्रभावित हुँदो हो। असम्भाव्य सम्भावना कुम्ल्याएर कपोलकल्पना गर्दै गरेछु। लेखन विधामा यदाकदा बहुलठ्ठीपन घुसाउनु आफ्नैपन ठान्छु। 

इमस्वमाम् भन्छु। राजा जयपृथ्वीबहादुर सिंहले ‘मेरो मानवताका सिद्धान्त’ माथि सिकागो ब्रोड कास्टिङ कम्पनीले (सिकागो) दिउँसो २ बजे, ११ अगस्ट, १९३३ एकपटक भाषण गरेथे।
‘मन एक स्वतन्त्र अवयव’ क्यामियो हल मरिसन होटल पार्लियामेन्टरी सेसन अगस्ट १८, १९३३ मा दिनु भएथ्यो। ‘मेरो धर्मको आस्था’ नानकिन बैंकेट हल सिकागो अगस्ट १९, १९३३ मा दिनु भा’थ्यो। सबै धर्मप्रति आस्था दोस्रो धर्मप्रतिको पार्लियामेन्ट अगस्ट २९, १९३३ मा दिनु भा’थ्यो। मेरो धर्म विश्वासले विश्व समाधान गर्छ, वल्र्ड फेलोसिप अफ फेर्थमा अगस्ट २८, १९३३ मा।
मेरा धर्म आस्थाले मृत्युप्रतिको धारणा सेप्टेम्बर १, १९३३ मा प्रकट गरेथे। ‘इश्वरप्रतिको मेरा अवधारणा’ सेप्टेम्बर ७, १९३३ मा व्यक्त गरेथे। सेप्टेम्बर १४, १९३३ मा विश्वास आस्थाले 
नौलो विश्वचेत जगाउन परिपूरण परिपोषण गर्छ, वर्ड फेलोसेप अफ फेथमा अभिव्यक्त गरेथे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.