पाँचथरमा साँझ ७ बजेबाट मतगणना गरिने
मंसिर ५, २०७९ सोमबार १५:२६:०
फिदिम : पाँचथरमा सोमबार साँझ ७ बजबाट मतगणना सुरु गरिने भएको छ।
जिल्ला समन्वय समितिमा सम्पन्न सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो।
पाँचथरमा ५४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। कुल एक लाख ३८ हजार नौ सय ३२ मतदाता रहेको पाँचथरमा ७४ हजार आठ सय ९८ मत खसेको हो।