इलाम-२ मा सुवास नेम्वाङलाई पछि पार्दै डम्बर खड्काको अग्रता
इलाम: नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ प्रारम्भिक गत गणनामा पछि परेका छन् । इलाम प्रतिनिधि सभा क्षेत्र नम्वर दुईको जारी मतगणनामा पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका डम्बर खड्काले उनलाई पछि पारेका छन् ।
अहिलेसम्म नेम्वाङ ६६ मत अन्तरले पछि छन् । गठबन्धनतर्फबाट नेपाली कांग्रेसमा उम्मेदवार डम्बर खड्काले ३४२ मत ल्याउँदा नेम्बाङले २७६ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका याम प्रसाद लिम्बूले ३ मत प्राप्त गरेका छन् । अहिलेसम्म ६६८ मत गणना सम्पन्न भइसकेको छ।
इलाम क्षेत्र नम्वर एकको मत गणना जारी छ ।
प्रतिक्रिया दिनुहोस !