सुदन किरातीले १९७१ ल्याउँदा शेरधन राईको १३७७
भोजपुर : भोजपुरमा प्रदेश–१ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई पछाडि पार्दै नेकपा माओवादी केन्द्रका सुदन किरातीले अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम अनुसार, किरातीले १९७१ मत ल्याएका छन्। राईले १३७७ मत ल्याउँदै माओवादी केन्द्रका किरातीलाई पछ्याउँदै छन्।
प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले २०४४ मत ल्याएर अग्रता कायम गरेका छन् । एमालेका हरि राईले १४३८ मत ल्याएर पछि परेका छन्।
प्रतिक्रिया दिनुहोस !