इलाम-१ मा महेश बस्नेतको अग्रता कायमै
इलाम: इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतको अग्रता कायमै छ । बेलुकी ६:१० बजे प्राप्त मत परिणाम अनुसार एमालेका बस्नेतले ९ हजार १०५ मत ल्याएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ७ हजार ७७२ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म २१ हजार ५ मत गणना भएको छ ।
प्रतिक्रिया दिनुहोस !