डम्बर खड्कालाई पछ्याउँदै सुवास नेम्वाङ
मंसिर ६, २०७९ मंगलबार १८:३९:०
इलाम: इलाम क्षेत्र नम्बर-२मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काको अग्रता कायमै छ ।
खड्काले ३ हजार ७५६ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले पछ्याइरहेका छन् । नेम्वाङले ३ हजार ४५५ मत ल्याएका छन् ।
अहिलेसम्म ९ हजार ३०४ मत गणना भइसकेको छ ।