पृथ्वीसुब्बासँग मतान्तर घटाउँदै देवप्रसाद

पृथ्वीसुब्बासँग मतान्तर घटाउँदै देवप्रसाद

बेंसीसहर : लमजुङमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले मतान्तर घटाउँदै लगेका छन् । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले २२ हजार ४३८ मत ल्याउँदा देवप्रसादले २२ हजार १३० मतका साथ पछ्याइरहेका छन् । देवप्रसादको पृथ्वीसुब्बासँग ३०८ मतको मात्र मतान्तर रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले ५ हजार ७४८ मत प्राप्त गरि तेस्रोमा छन् । राप्रपाका बालचन्द्र श्रेष्ठले ८६९ र मंगोल नेशनल अर्गनाईजेशनका विकास गुरूङले ३९९ मत पाएका छन् ।

कुल ८० हजार ९१७ मतमा ५३ हजार ५१२ गणना भएको छ । १ हजार ६६५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आठ स्थानीय तह रहेको लमजुङमा हालसम्म ६ वटा पालिकाहरू मध्यनेपाल, सुन्दरबजार र राईनास नगरपालिका, क्व्होलासोंथर, दोर्दी र दुधपोखरी गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

अब बेसीसहर र मर्स्याङ्दी गाउँपालिकाको मतगणना हुन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.