इलाम-२ मा मतगणना सुचारु गर्ने सहमति
इलाम: इलाम क्षेत्र नं २ मा मतगणना सुचारु गर्ने सहमति भएको छ । क्षेत्र नं २ मा मतगणना स्थलको भित्री कोठामा गणना गरिसकिएको मतपत्र सिल नगरी राखिएको भन्दै उम्मेदवारका प्रतिनिधिले आपत्ति जनाएपछि साढे ३ बजेबाट गणना स्थगित भएको थियो ।
सीसीटीभी फुटेज हेर्नुका साथै गणना भएको मत र मतपत्र हेरेर सोही अनुसार अघि बढ्ने सहमति भएको हो । गणना स्थगित हुनु अघि नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काभन्दा ९०६ मतान्तरले अघि छन् । नेम्बाङले १० हजार ४४० र खड्काले ९ हजार ५३४ मत ल्याएका छन् ।
क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ । २२ हजार हाराहारी मत गणना भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !