भोजपुर प्रदेशसभा - १ मा राजेन्द्रकुमार राई निर्वाचित

भोजपुर प्रदेशसभा - १ मा राजेन्द्रकुमार राई निर्वाचित

भोजपुर : प्रदेश १ का मुख्यमन्त्री तथा गठबन्धनबाट प्रदेशसभा क्षेत्र नं १ का लागि साझा उम्मेदवार राजेन्द्रकुमार राई लगातार दोस्रो पटक निर्वाचित भएका छन्। उनले नेकपा एमालेका हरिबहादुर राईलाई ३ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

प्रदेशसभा क्षेत्र नं १ का लागि सत्ता गठबन्धनबाट नेकपा (एस) का साझा उम्मेदवार बनेका राजेन्द्रले १६ हजार एकसय १० मत ल्याउँदै दोस्रो पटकका लागि निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका हरिबहादुर राईले कुल १२ हजार २ सय २३ मत प्राप्त गरे। प्रदेशसभा १ का लागि भोजपुरमा कुल ३२ हजार ४ सय ९ मत खसेको थियो भने प्रतिनिधिसभाका लागि कुल ६२ हजार एकसय ८१ मत खसेको थियो।

यसअघि पनि राईले २०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेकोतर्फबाट बामगठबन्धनको साझा उम्मेदवार बनेर तत्कालिन लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अजम्बर राई काङमाङलाई पराजित गरेका थिए। 

उनीसँगै एमालेबाट शेरधन राई र माओवादी केन्द्रका सुदन राईले पनि बामगठबन्धनको नेतृत्व गर्दै चुनाव जितेका थिए। जसमा प्रतिनिधि सभातर्फ सुदन राई, प्रदेशसभा १ तर्फ राजेन्द्र आफैँ र प्रदेशसभा २ तर्फ शेरधन राईले विजयी भएका थिए। तर यसपटक भने शेरधन राई र सुदन राई प्रतिनिधि सभाका लागि आमुन्ने सामुन्ने भए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.