प्रदेश सभा २ मा विनोद वान्तावा राई निर्वाचित
भोजपुर: सत्तागठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका विनोद वान्तावा राई भोजपुर प्रदेशसभा क्षेत्र नं २ मा निर्वाचित भएका छन् ।
६४ वर्षपछि भोजपुरमा नेपाली कांग्रेसलाई जिताएका राईले आफ्ना निकटत्तम प्रतिस्पर्धी एमालेका खड्गबहादुर कार्कीलाई ७५१ मतले हराउँदै विजयी भएका हुन् ।
राईले १३ हजार ५६९ मत ल्याउँदा कार्कीले १२ हजार ८२८ मत पाए । प्रदेशसभा क्षेत्र नं २ मा कुल २९ हजार ४७४ मत खसेको थियो । एमाले गढ मानिने भोजपुरको क्षेत्र नं २ मा उनको यो पहिलो चुनाव र पहिलो जित हो ।
‘जनताको यो विश्वासलाई म कदापी टुट्न दिने छैन, भोजपुरको समृद्धी नै मेरो पहिलो लक्ष्य रहनेछ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस !
३