अछाममा समानुपातिक तर्फको मतगणना सम्पन्न, कांग्रेसलाई पहिलो

अछाममा समानुपातिक तर्फको मतगणना सम्पन्न, कांग्रेसलाई पहिलो

अछाम : अछाममा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। जिल्लाको दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सकिएको हो। 

प्रतिनिधिसभा समानुपातिक तर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी ३० हजार ३४९ मत प्राप्त गरेको छ। नेकपा एमालले २८ हजार ९९३,नेकपा माओवादी केन्द्रले १२ हजार ५६२,समाजवादीले ४ हजार ३७० र राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४७० मत प्राप्त गरेका छन्। 

क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले १४ हजार ५२५, एमालले १३ हजार ९६८, माओवादीले ७ हजार २२८, समाजवादीले २ हजार ७४७, राष्टिय स्वतन्त्र पार्टीले ७८५ मत पाएको छ। 

क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले १५ हजार ८३४, एमालेले १५ हजार २४, माओवादीले ५ हजार ३३४, समाजवादीले १ हजार ६२३ ,राष्टिय स्वतन्त्र पार्टीले ६४१  मत प्राप्त गरेको छन्।  

क्षेत्र नम्बर १ मा खसेको ४२ हजार २८१ मतमध्ये २ हजार ४५९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय साँफेबगरले जनाएको छ। 

क्षेत्र नम्बर १ मा प्रदेशसभा समानुपातिकतर्फको अन्तिम मत परिणम अनुसार कांग्रेसले १४ हजार ४२ मत पाएको छ। एमालेले १४ हजार १९,माओवादी केन्द्रले ६ हजार ८९१ र समाजवादीले ३ हजार ४४६ मत  प्राप्त गरेका छन्।  

प्रदेश समानुपातिकतर्फ ४१ हजार ४४६ मत खसेको मध्ये २ हजार २४२ मत बदर भएका छन्। अछाम २ प्रदेश सभा समानुपातिकको मतगणना जारी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.