मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ को मतगणना स्थगित

मतदान  अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ को मतगणना स्थगित

इलाम: इलामको क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यतर्फको मत गणना स्थगित भएको छ । 

मतगणना अन्तिम समय पुगेका बेला मतदान अधिकृतको सही नभएको मतपत्र भेटिएको भन्दै मतगणना स्थगित भएको हो । मत गणनका क्रममा ७० वटा मतपत्र हराएको र ४० वटामा मतदान अधिकृतको सही नभएको भेटिएपछि गणना स्थगित भएको हो । 

अब इलाम- २ मा १ हजार ९९२ मत गन्न बाँकी छ । मतगणनाका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कातर्फका प्रतिनिधिले गणना स्थगित गराएका छन् । 

पछिल्लो गणना अनुसार नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले १३० मतले अग्रता लिएका छन् । बाँकी रहेको इनपा-१ साँखेजुङको मत गणना हुँदै गर्दा यो विवाद आएको हो ।

मत गणना स्थगित भएपछि मत गणनास्थल गौतमबुद्ध सभागृह (सीटी हल)को सुरक्षा व्यवस्था कडा पारिएको छ। दुवै उम्मेदवारका समर्थकले अहिले मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.