रामेछापको समानुपातिक मतमा एमाले पहिलो : कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो

रामेछापको समानुपातिक मतमा एमाले पहिलो : कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो

काठमाडौं : रामेछापमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो पार्टी बनेको छ। निर्वाचन आयोगको तथ्याङ्कअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधि सभातर्फ २८ हजार १५० मत ल्याएर पहिलो पार्टी बनेको छ। 

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको रामेछापमा नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ। सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसले २४ हजार १०१, माओवादी केन्द्रले २१ हजार ५४, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६२३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ७०१, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १ हजार ३४८ मत ल्याएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार प्रतिनिधि सभातर्फ १ लाख ८१ हजार ३७७ मतदाता रहेको रामेछापमा ८९ हजार ४७३ मत खसेको थियो। जसमध्ये ८४ हजार ८१६ मत सदर भएको छ।

यसैगरी प्रदेश सभातर्फ पनि एमाले पहिलो पार्टी बनेको छ। निर्वाचन आयोगको तथ्याङ्क अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश सभातर्फ २८ हजार ५०४ मत ल्याएको छ। यसैगरी नेपाली कांग्रेसले २५ हजार ७०५, माओवादी केन्द्रले १८ हजार ६८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ६८६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ हजार ५३ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार प्रदेश सभातर्फ १ लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८८ हजार ६२७ मत खसेको थियो। जसमध्ये ८२ हजार ८७७ मत सदर भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.