जोगियो नेम्वाङको विरासत

जोगियो नेम्वाङको विरासत

इलाम : इलाम क्षेत्र न २ मा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले झिनु मतान्तरले आफ्नो विरासत जोगाएका छन्। 

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर बहादुर खड्कासँगको चर्को प्रतिस्प्रर्धाकाबीच नेम्वाङ विजयी भएका हुन्। 

नेम्वाङले खड्कालाई ११४ मतले पछि पार्दै आफ्नो विजय यात्रालाई निरन्तरता दिएका हुन्। नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्। 

विजयी भएपछि नेम्वाङले देश, एमाले र केपी ओली विरुद्ध गरिएको घेराबन्दी तोडिएको बताए। नेपाली काग्रेसका जिल्ला सभापति डम्बर खड्काले भने मतगणनामा धादली भएको आरोप लगाएका छन्। 

इलाम क्षेत्र नम्बर २ मा २०५६ सालदेखि अपराजित रहेका सुवासचन्द्र नेम्वाङ यसपटक पनि एमालेको तर्फबाट चुनावी मैदानमा रहेका थिए।  

उनी दुई पटक संविधानसभा अध्यक्ष भइसकेका छन्। २०६४ सालको संविधानसभा निर्वाचन, २०६९ को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका उनी २०७४ सालको संसदीय निर्वाचनमा भने माओवादी र एमालेबीचको गठबन्धनबाट विजयी बनेका थिए। 

उनले त्यसबेला ३६ हजार ५१७ मत ल्याएका थिए। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६५ मत ल्याएका थिए।

इलामको निर्वाचन क्षेत्र नम्बर २ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोविन्द गिरीले नेकपा एमालेका उम्मेदवार गणेश बराललाई १ हजार २ सय ११ मतको अन्तरले पराजित गरेका छन्। 

गिरीले १६ हजार ६ सय ५८ सहित विजयी भएका छन्। यस क्षेत्रमा नेकपा एमालेका गणेश बरालले १५ हजार ४ सय ४७ मत प्राप्त गरेका छन्।  

यस्तै निर्वाचन क्षेत्र २ (ख) मा भने एमालेका रामबहादुर मगरले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हर्कलावती कान्छालाई २ हजार ५ सय ७८ मतको अन्तरले पराजित गरेका छन्। 

मगरले १३ हजार ७ सय ५४ मत ल्याएका छन्।  उनका निकटतम प्रतिद्धन्द्वी हर्क लावती (कान्छा)ले ११ हजार १ सय ७६ मत प्राप्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.