महेश बस्नेतसँग २ हजार ९५७ मतले झलनाथ खनाल पराजित
इलाम: इलाम-१ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् ।
बस्नेतले पूर्वप्रधामनमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् ।
यसको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ ।
इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेकै सुवास नेम्वाङ विजयी भएका छन् । नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ११४ मतान्तरले पराजित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !