यसवर्षको तुलसीमान श्रेष्ठ स्मृति सम्मान तुलसी दिवसलाई

यसवर्षको तुलसीमान श्रेष्ठ स्मृति सम्मान तुलसी दिवसलाई

गोरखा : यस वर्षको तुलसीमान श्रेष्ठ स्मृति सम्मान प्राध्यापक तुलसी दिवसलाई प्रदान गरिने भएको छ । हालै सम्पन्न तुलसीमान श्रेष्ठ स्मृति समाजको बैठकले तुलसी दिवसलाई सो सम्मान दिने निर्णय गरेको हो ।

नेपाली लोक साहित्य र संस्कृतिको जगेर्ना र उत्थान गर्नका लागि अनवरत लागि रहेकाले तुलसी दिवसलाई सो सम्मान प्रदान गर्न लागिएको समाजका निरज श्रेष्ठले जानकारी दिए ।

सो सम्मान आउँदो मंसीर २४ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोह आयोजना गरी सम्मान प्रदान गर्ने कार्यक्रम रहेको उनले बताए । 

नेपाली लोकगीत तथा लोक साहित्यका क्षेत्रमा अनवरत सेवा गरिरहेका पालुङ्टार नगरपालिका- ७ च्याङ्लीका तुलसीमान श्रेष्ठको २०७३ सालमा निधन भएको थियो । उनी गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसका प्रमुख रहेर लामो समय सेवा गरेका थिए भने गोरखाको पहिलो पत्रिका दरौँदी दैनिकका संस्थापक प्रधान सम्पादक पनि थिए ।

त्यस्तै विभिन्न लोकगीत, संगीत तथा साहित्यिक सामाजिक संघसंस्थामा रहेर पनि काम गरेका थिए । उनको योगदानलाई मुलुकभर फैलाउने उद्देश्यले तुलसीमान श्रेष्ठ स्मृति समाज र तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मानको स्थापना भएको श्रेष्ठ पुत्र निरज श्रेष्ठले बताए ।

त्यस्तै तुलसी दिवस(तुलसीप्रसाद जोशी) नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तथा नेपाली लोकगीत समाजका अध्यक्ष पनि हुन् । उनलाई अप्रिल २०१३ मा भारतमा भएको अन्तर्राष्ट्रिय कविता महोत्सवमा विशिष्ट साहित्य शिरोमणि उपाधिबाट सम्मानित गरिएको थियो ।

प्राध्यापक दिवशले अमेरिकास्थित नेपाली दूतावासमा सांस्कृतिक सचिवको रूपमा काम गर्नुका साथै विदेशका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा अध्यापन गरेका थिए । 

दिवशले काठमाडौंको त्रिचन्द्र कलेज र पद्मकन्या क्याम्पसमा नेपाली साहित्यका प्राध्यापकका रूपमा सेवा गरिसकेका छन् । उनले नेपालको विभिन्न जनजातिको साहित्य, लोक संस्कृति र लोककथाका बारेमा दर्जनौं पुस्तक लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.