जलविद्युत् कार्यालयमा आगजनी

जलविद्युत् कार्यालयमा आगजनी

गोरखा : चम्पावती जलविद्युत् आयोजनाका कारण राइनासटारको १२ सय हेक्टर खेत सुक्खा लाग्ने भन्दै किसानहरूले सो आयोजनाको कार्यालय तोडफोड तथा सवारीसाधनमा आगजनी गरेका छन्। शनिबार कार्यालय परिसरमा पुगेका पाँच सय जनाभन्दा धेरै स्थानीय किसानले सो कार्यालयमा आक्रमण गरेका घटनाका प्रत्यक्षदर्शी सुजन न्यौपानेले बताए।

राइनासटार सिँचाइ आयोजनाको बाँधभन्दा २ सय मिटर तल जलविद्युत् आयोजनाको निकास हुँदा खेतमा सुक्खा लाग्ने हुँदा बाँध माथि निकास हुने गरी आयोजना बनाउन लामो समयदेखि किसानहरूले माग गरिरहेका थिए। तर, निर्माण कम्पनीले किसानको माग सम्बोधन नगरेको भन्दै किसान आक्रोशित भएका उनको भनाइ छ।

आक्रोशित किसानहरू शनिबार दिउसो १ बजेतिर सो हाइड्रोपावर कम्पनीको सिरानचोक गाउँपालिका–२ पाण्डेवेशीस्थित कार्यालयमा पुगेका थिए। आन्दोलनको क्रममा उछृङ्खल समूहले कार्यालयमा तोडफोड र सवारीसाधनमा आगजनी गरेका हुन्। 

आक्रमणबाट आयोजनाको एउटा कार्यालय भवन तोडफोड भएको, दुईवटा मोटरसाइकल तथा एउटा मिनीट्रक र एउटा एक्साभेटर जलाएर पूर्ण रूपमा नष्ट गरेका गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले जानकारी दिए।

आक्रमणबाट चार, पाँच करोड बराबरको क्षति भएको चम्पावती जलविद्युत् आयोजनाका प्रवद्र्धक हरेराम ढकालले बताए। ‘बाँधभन्दा माथि नै निकास खस्छ। तर, कसैको उक्साहटमा किसानहरू त्यसरी अराजक भएर आउनु दुखद् भयो’, उनले भने, ‘अब हामी क्षतिपूर्ति र कारबाहीका लागि अघि बढ्छौँ ।’ प्रहरीले घटनाको अनुसन्धान गरी घटनामा संलग्नको खोजी कार्य गरिरहेको एसपी खनालले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.