मनास्लुमा हिउँचितुवा संरक्षण सचेतना तथा शिक्षा गोष्ठी

मनास्लुमा हिउँचितुवा संरक्षण सचेतना तथा शिक्षा गोष्ठी

गोरखा : हरेक वर्ष डिसेम्बर ११ मा मनाइने अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर मनास्लु संरक्षण क्षेत्रस्थित बुद्ध माध्यमिक विद्यालयमा एक दिने हिउँचितुवा संरक्षण सचेतना तथा शिक्षा गोष्ठी सम्पन्न भएको छ । 

वातावरणीय सुशासन कार्य समूह र कोडफन्डको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।  

डाक्टर विक्रम श्रेष्ठ र सचेत तिमिल्सिनाले हिउँचितुवासँग सम्बन्धित जानकारी तथा यसको संरक्षणका उपायका बारेमा सचेतना गराएका थिए। साथै क्यामरा ट्रयापको प्रयोग गरेर आएको तस्बीर हेरेर कसरी हिउँचितुवाको गणना गर्न सकिन्छ भन्ने बारेमा पनि जानकारी गराइएको थियो।

कार्यक्रममा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले हिउँ चितुवाको संरक्षणको जिम्मेवारी हामी सबैको भएकाले यो जीव यस ठाउँमा पाइनु यहाँको लागि गौरवको विषय रहेको बताए । 

कार्यक्रममा सो पालिकाको वडा नं. ३ का अध्यक्ष रामकुमार गुरुङ, विद्यालयका प्रधानाध्यापक प्रकाश घिमिरे र सहायक प्रधानाध्यापक  राजन सापकोटाले सो कार्यक्रमले विद्यार्थी तथा शिक्षक शिक्षिकालाई हिउँचितुवाप्रति रुचि र चासो जगाएको बताएका थिए । 

सो अवसरमा हिउँचितुवा संरक्षणमा स्थानीयको भूमिका विषयमा निबन्ध, कविता र चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । निबन्ध प्रतियोगितामा आर्यन भट्ट प्रथम, राजकुमारी गुरुङ द्वितीय र सुरेश गुरुङ र रमेश गुरुङ तृतीय भएका थिए । त्यसैगरी कविता प्रतियोगितामा सुनिल लामा प्रथम, आर्यन भट्ट द्वितीय र रुपा गुरुङ तृतीय भएका थिए । त्यस्तै, चित्रकला प्रतियोगितामा ङवाङ ठिले लामा प्रथम, गणेश गुरुङ द्वितीय र छिरिङ लामा तृतीय भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.