मुक्तिनाथ मन्दिरमा पाँच महिनाको भेटी १४ लाख

मुक्तिनाथ मन्दिरमा पाँच महिनाको भेटी १४ लाख

जोमसोम: मुक्तिनाथ मन्दिरमा पाँच महिनाको भेटी १४ लाख रुपैयाँ संकलन भएको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मको गणनामा १४ लाख ७ हजार ७ सय रुपैयाँ संकलन भएको मुक्तिनाथ विकास समितिका सदस्यसचिव हरि भुजेलले जानकारी दिए।

संकलित भेटीमध्ये ५ लाख ५६ हजार रुपैयाँ नेपाली र ५ लाख ३१ हजार भारतीय रुपैयाँ छ। २५० अष्ट्रेलियन डलर, १०० मलेसियन रिंगेट र १ अमेरिकी डलर संकलन भएको भुजेलले बताए।

गत आर्थिक वर्षमा दुई पटक गणना गर्दा दान पेटिकामा १७ लाख ६९ हजार रुपैयाँ भेटी रकम संकलन भएको थियो।

बुधबार मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकाल, मुक्तिनाथ विकास समितिका सदस्य सचिव हरि भुजेल, वडाध्यक्ष प्रमेश गुरुङ, मुक्तिनाथका आनी झुमा र पुजारी तथा कार्यरत सुरक्षाकर्मीको संयुक्त टोलीले दान पेटिकाको भेटी गणना गरेको हो।

मुक्तिनाथमा ५ वटा दान पेटिका राखिएको छ। एक सय रुपैयाँभन्दा बढी दान गर्नेलाई रसिद दिइने गरिएको छ। मन्दिरमा बैंकमार्फत दान गर्न चाहनेका लागि क्यूआर कोर्डको पनि व्यवस्था गरिएको छ।

गत वर्ष नगद रसिदमार्फत १ करोड ३ लाख २९ हजार रुपैयाँ संकलन भएको थियो । गत आर्थिक वर्षसम्ममा मुक्तिनाथको भेटी ६ करोड ९१ लाख रुपैयाँ थियो। बैंकमा ६ करोड ७२ लाख ७६ हजार, सटही नभएको रकम ११ लाख ४९ हजार र बैंकमा जम्मा भएको ब्याजको रकम जोडेर करिब ७ करोड रकम कोषको खातामा मौज्याद रहेको सदस्यसचिव भुजेलले जानकारी दिए।

२०६४ साल सालमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुक्तिनाथ विकास समिति गठन भएको थियो । समिति गठनपछि आम्दानी विवरण सार्वजनिक गर्न थालिकएको हो। मुक्तिनाथ रेखदेख गर्न स्थानीयबासीले बेग्लै मुक्तिनाथ स्थानीय संरक्षण समिति पनि गठन गरेका छन् । 

मुक्तिनाथमा एकजना पुजारीसहित ४ जना कर्मचारी छन्। कर्मचारीको व्यवस्थापनमा बर्सेनि ८ लाख १५ हजार रुपैयाँ खर्च हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.