पूर्वाधार निर्माणले पर्यटकका लागि सहज बन्दै ‘पाटेनागी–कुइभिर’

पूर्वाधार निर्माणले पर्यटकका लागि सहज बन्दै ‘पाटेनागी–कुइभिर’

इलाम : लेकाली जीवनशैलीमा रमाउन चाहने पर्यटकका लागि पर्यटकीय क्षेत्र पाटेनागी–कुइभिरसहज बनेको छ। 

इलाम नगरपालिकाकै अग्लो डाँडो पाटेनागी र नजिकै रहेको कुइभिर क्षेत्रमा पदमार्ग र पर्यटक बास बस्ने पूर्वाधार निर्माण गरिएपछि पर्यटकहरूको आकर्षण बढेको हो। 
    

इलाम नगरपालिकाले कच्ची सडक जोड्नुका साथै पदमार्ग निर्माण गरिएपछि पर्यटकहरू पाटेनागी पुग्ने क्रम बढेको इलाम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले बताए। 

इलाम र देउमाई नगरपालिकाको सीमा बाघखोरबाट ७ किलोमिटरमा पुग्न सकिने पाटेनागीको उच्च भाग ३ हजार ४२ मिटरसम्म पदमार्गले जोडिएको छ। 
    
यहाँबाट उत्तरमा दर्जनौं हिमशृंखला, विभिन्न गाउँ, सहर र वरपरका पर्यटकीयस्थल देखिन्छन्। हजारौं रोपनीको खुला भू–भाग रहेकाले पदमार्ग निर्माणपछि यहाँ रमाउन आउने पर्यटकको संख्या बढिरहेको हो। 

गुराँस, कटुस, क्यामुना, झिगाने, चुथ्रो, फलामे र अँगेरीका बुट्यान रहेको पाटेनागीको धेरै भाग चाहिँ खुला चौर छ।  पाटेनागी पुग्ने बेला भेटिने पहिलो गन्तव्य र आकर्षकस्थल हो कुइभिर हो। 

कुइभिर सयौं मिटर अग्लो चट्टानी भिर रहेको छ। कुइभिरबाट सुरु भएको पदमार्ग पाटेनागीको अग्लो स्थान लौहाकिलसम्म जोडिएको छ। 

कुइभिर पल्लोपट्टिको डाँडाबाट शिरदेखि पुछारसम्म नियाल्दा यो भिर हेर्न निकै आनन्द आउने गरेको र कुइभिरको डाँडासम्म पदमार्ग जोडिएकाले झनै सजिलो भएको इलाम नगरपालिका ३ का वडाध्यक्ष हेमबहादूर सुनुवारले बताए। 
    
पर्यटनको अथाह सम्भावना भएर पनि प्रचारप्रसार र उपयुक्त पूर्वाधार निर्माण अभावमा यो ओझेलिएको पाटेनागी कुइभिर क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणले झनै सहज बनाएको नगरपालिका प्रवक्ता नुतनदेव दुलालले बताए। 
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.